• समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
Menu
  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter

वाईफाई–नेपालको सेवा आरम्भ, ३३३ रुपैयाँमै ३० एमबीपीएस इन्टरनेट

  • June 17, 2022
  • Mina Aryal
Wifi Nepal Logo
Share It On:

३ असार २०७९, काठमाडौं ।

नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ । विद्यमान कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेज सहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो ।

सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पु¥याउने उद्देश्यसहित वाईफाई–नेपालले देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वाईफाई–नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन थालेको छ ।

हाललाई काठमाडौं उपत्यकामा उपलब्ध कम्पनीको सेवा क्रमशः चरणवद्ध रुपमा देशभर विस्तार गर्ने योजना रहेको छ ।

वार्षिक प्याकेज लिने ग्राहकले चार हजार रुपैयाँमा ३० एमबीपीएस र पाँच हजार रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट पाउनेछन् । जसमा ३० एमबीपीएसको मासिक शुल्क ३३३ रुपैयाँ र ५० एमबीपीएसको ४१७ रुपैयाँ हुन आउँछ ।

त्यस्तै ३० एमबीपीएसको तीन महिने प्याकेज ११०० रुपैयाँमा र छ महिने प्याकेज २१०० रुपैयाँमै पाउन सकिनेछ । त्यस्तै ५० एमबीपीएसको तीन महिने प्याकेजका लागि १५०० रुपैयाँ र छ महिने प्याकेजका लागि तीन हजार रुपैयाँ मात्र पर्नेछ ।

३० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको मासिक शुल्क भ्याट बाहेक ४०० रुपैयाँ र ५० एमबीपीएस स्पिडको इन्टरनेट प्याकेजको मूल्य भ्याट बाहेक मासिक ५५० रुपैयाँमा उपलब्ध हुनेछ ।

यी दुवै प्याकेज नेपालमा उपलब्धमध्ये सबैभन्दा सस्तो प्याकेज भएको कम्पनीको दाबी छ । ‘इन्टरनेट शुल्क बढी हुँदा ग्राहकले आपसमा शेयरिङ गरेर प्रयोग गर्नुपर्ने बाध्यता छ,’ सीईओ रितेशराजसिंहले भने, ‘यसले गर्दा उपभोक्ताले स्तरीय इन्टरनेटको अनुभव गर्न पाएका छैनन् ।’ तर आफ्नो कम्पनीले उपलब्ध गराउने इन्टरनेट जोसुकै उपभोक्ताले पनि सजिलै जडान गर्नसक्ने मूल्यमा उपलब्ध हुने भएकाले यसले हरेक नेपालीलाई इन्टरनेटको पहुँचमा पु¥याउन सहयोग पुग्ने सिंहको भनाई छ ।

कम्पनीका अनुसार दुवै प्याकेजका लागि अनलाइन बुकिङ खुला भइसकेको छ । ग्राहकले वाईफाईनेपाल डट कम डट एनपी वेबसाइटमा गएर इन्टरनेट जडानका लागि बुकिङ गराउन सक्नेछन् ।
कम्पनीका अनुसार इन्टरनेट जडान गर्दा उपभोक्ताले एक महिना, तीन महिना, छ महिना वा एक वर्षे प्याकेजको शुल्कका अतिरिक्त राउटरका लागि १५०० रुपैयाँ मात्र तिर्नुपर्ने छ । जडान तथा इन्स्टलेसनका लागि थप शुल्क लाग्ने छैन ।

हाल घरायसी प्रयोजनको लागि मात्रै इन्टरनेट उपलब्ध गराउने कम्पनीको योजना छ । ‘मूल्यसँगै गुणस्तरमा पनि स्तरीय बन्नका लागि हामीले पछिल्लो एक वर्षदेखि गृहकार्य गरेका छौं,’ सिंहले भने, ‘पूर्ण तयारीका साथ सेवा सुरु गर्न लागेकाले बिक्री पछिको सेवामा पनि उपभोक्ताले कमी महसुस गर्नुपर्ने छैन ।’

‘हाम्रो पहिचान भनेकै यसको मूल्य हो, मूल्यसँगै गुणस्तरलाई पनि उत्तिकै ध्यान दिएका छौँ,’ सिंहले भने ।
कुनै घरमा बहालमा बस्ने परिवार, विद्यार्थीको लागि पनि यी प्याकेज उत्तिकै उपयोगी हुने र सबैको पहुँचमा इन्टरनेट पु¥याउनको लागि सहयोगी भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

इन्टरनेट अत्यावश्यक सेवा भएकाले यसमा सबैको पहुँच प्रत्याभूति हुने गरी कम्पनीले आगामी दिनमा थप सस्तो प्याकेजहरु घोषणा गर्ने तयारी गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


Share It On:

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

Xiaomi 14t Price Drop Nepal

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

ByMina Aryal July 1, 2025
boAt Nirvana Series Nepal

boAt ले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै अब नेपालमा पनि boAt– अग्रणी अडियो वेयरेबल ब्रान्ड

ByMina Aryal July 1, 2025
Huawei Seeds Nepal 2025 Selection

हुवावे “सिड्स फर द फ्युचर” क्षेत्रीय कार्यक्रममा प्रतिनिधित्व गर्न शीर्ष ५ नेपाली विद्यार्थी छनोट

ByMina Aryal July 1, 2025
Yamaha Nepal 70 Years Celebration

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले आज मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

ByMina Aryal July 1, 2025
Ncell 971 Mobile Number Series

एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नक्बरहरु उपलब्ध गराउने

ByMina Aryal July 1, 2025
Ramayan Air Nepali

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

ByMina Aryal July 1, 2025

ICT Frame is an online magazine for the community belonging to information and communication technology which also provides two versions of the magazine based on native and international language. ICT Frame serves the need of today’s world which is occupied mostly with the ideas relating to information technology. It has been helping out Nepalese youths providing different perspectives regarding the development of Information Technology in Nepal.

Quick Links

  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
  • समाचार
  • बैंकिङ/बिमा
  • टेलिकम
  • ग्याजेट्स
  • अटाे
  • सेक्युरिटी
  • इभेन्ट
  • English
  • Unicode Converter
Facebook Twitter Youtube Instagram Linkedin Viber

Get In Touch

ICT Frame Magazine Pvt. Ltd.
  • New Baneswor-10, Kathmandu, Nepal
  • [email protected]
  • [email protected]
  • 9851051578
  • 9818525091
  • Department of Information Registration No. 20/073-074
  • Chairperson/ Chief Editor: Mina Aryal
Copyright @ ICT Frame Magazine Pvt. Ltd. 2013-2024
Scroll Up