बायर्न लेजेण्ड कप २०२६: डिशहोम गो र एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण
४ माघ २०८२, काठमाडौं ।
म्युनिखको साप गार्डेनमा हुने ‘एफ सि बायर्न लेजेण्ड कप २०२६’ अब डिशहोम गो र एक्सन स्पोर्टस HD २ मा लाइभ हेर्नुहोस्। रोविन र रिबेरी जस्ता दिग्गज खेलाडीहरूको खेल नेपाली समय अनुसार बेलुकी ८:०५ मा सुरु हुनेछ।
पूरानो शैलीको ईनडोर फुटवल प्रतियोगितामा सहभागी एफ सि बायर्नका आर्जेन रोविन, फ्र्याङ्क रिबेरी, लोथर म्याथ्युज र जोर्गन क्लिन्सम्यान जस्ता लेजेण्ड खेलाडीहरुले म्युनिखको साप गार्डेन स्टेडियममा फुटबल प्रेमीहरुका लागी पूराना दिनहरु ताजा गराउनेछन् ।
छ वटा क्लवहरु एफसी बायर्न म्युनिख, युभेन्टस, बोरुसिया डर्टमुन्ड, सेल्टिक एफसी, आईट्राक्ट फ्रान्कफर्ट र रियल म्याड्रिड सहभागी प्रतियोगितामा क्लवका अरु पूर्वस्टार प्लेयरहरु (लिजेण्ड फुटवलर)को जादु पनि पुनः एकपटक हेर्न पाईने भएको छ ।
नेपालमा भने यो प्रतियोगिता नेपाली समय अनुसार बेलुकी ८ः५ देखि डिशहोम गो एप तथा एक्सन स्पोर्टस एचडी २ च्यानलमा हेर्न पाईने छ ।
For more: Watch Robben & Ribéry Live



