भिभोको कूल बहार: तपाईंको पर्फेक्ट मदर्स डे उपहार

Vivo's Bahar

२५ बैशाख, काठमाण्डौं।

नयाँ युगको अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्ड, भिभोले मातातिर्थ औंशीको अवसर पारेर स्लीक डिजाइन, शक्तिशाली कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्रीको मिश्रण, भिभो वाई ०३ बजारमा सार्बजनिक गरेको छ ।

४+४ जीबीको एक्सटेन्डेड ¥याम र ६४ जीबीकोे जीबीकोे भण्डारण क्षमता रहेकोे यस फोनको मुल्य १३,४९९ रहेको छ। आकर्षक मूल्य र प्रभावशाली सुविधाहरूको साथ आजैबाट देशभरका अधिकारिक रिटेल स्टोर र दराज अनलाईन मार्फत एकैपटक सर्बजनिक भएको यस फोनले सम्पूर्ण देशवासीहरुको हृदय कब्जा गर्न तत्पर छ ।

भिभो वाई ०३ मा ९० हर्जको रिफ्रेस रेटको साथ ६.५६ इन्चको इमर्सिभ डिस्प्ले छ जसले सिमलेस भिजुअल र सहज नेभिगेसनको सुनिश्चिता गर्दछ। विश्वसनीय मिडियाटेक हेलिओ जि ८५ प्रोसेसरद्वारा सञ्चालित यो फोनमा प्रयोगकर्ताहरूले कुशल मल्टिटास्किङ र सहज कार्यसम्पादनको आनन्द लिन सक्छन्।

आकर्षक डिस्प्ले र बलियो कार्यसम्पादन बाहेक भिभो वाई ०३ को ठूलो ५००० एम ए एच ब्याट्री र उत्कृष्ट १५ वाटको फ्ल्यास चार्जले दिनभरी उपयोग गर्न सकिने ग्यारेन्टी प्रदान गर्दछ। नवीनतम एन्ड्रोइड १४ अपरेटिङ सिस्टममा आधारित फन टच ओएस १४ मा चलिरहेको वाई ०३ ले सहज र सुविधाजनक अनुकूलन विकल्पहरू सहित प्रयोगकर्ताहरूलाई सुविधाजनक अनुभव प्रदान गर्दछ ।

बहुमुल्य सम्झनाहरु खिच्नको लागी, भिभो वाई ०३ मा डुअल १३ एमपी रियर क्यामेरा सेटअप रहेको छ जस्ले स्पष्ट र विस्तृत तस्बिरहरू खिच्न मद्दत गर्दछ। सेल्फी र भिडियो कलका लागि ५ एमपी फ्रन्ट क्यामेरा पनि समावेश गरिएको छ। वाई ०३ ले आई पी ५४ रेटिङ प्रदान गर्दछ, जसले यसलाई दैनिक प्रयोगको लागि भरपर्दो साथी बनाउँदै धुलो र पानिको थोपाहरुबाट सुरक्षा प्रदान गर्दछ ।

तर यो मात्र होइन! हरेक आमाहरूको सम्मानमा, भिभोले आर्को एक विशेष अफर ल्याएको छ । भिभो वाई ०२ टि अब १२,९९९ मा उपलब्ध छ,, जसले यसलाई अझै आकर्षक बनाउँछ। यस आमाको मुख हेर्ने दिन, आफ्नी आमालाई भिभोको स्मार्टफोन उपहार दिनुहोस् र अनुहारमा मुस्कान ल्याउनुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here