भिभोको भी २० नेपालमा, उत्कृष्ट क्यामेरासहितका यस्ता छन् विशेषताहरु

vivo v20 price nepal

कात्तिक २, २०७७, काठमाडौं ।

विश्वव्यापी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो भी सिरिजको नयाँ भिभो भी २० नेपाली बजारमा उपलब्ध गराएको छ । भी२० मा रहेको ४४ एमपी आई अटोफोकस क्यामेरा र उत्कृष्ट सेल्फी अनुभवका लागी अटोफोकसका साथ भिभोले प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन ल्याएको छ ।

नयाँ भी २० स्लिम र लाइटवेट पनि छ र ७.३८ एमएम अल्ट्रा स्लिक एजी ग्लास रहेको छ जसले युवा प्रयोगकर्ताहरुको दु्रत गति जीवनशैलीलाई सहजता दिलाउँछ । उक्त स्मार्टफोनमा ६४ एमपी क्यामेराको साथमा सुपर नाइट मोड रहेको छ जसले निकै जुम गरिएको अवस्थामा पनि स्पष्ट र गुणस्तरिय तस्बिर प्रदान गर्दछ ।

उत्कृष्ट अटो–फोकस क्षमताको साथ अग्रिम क्यामरा प्रविधि

भी२० को अत्याधुनिक क्यामेरामा उत्कृष्ट अटो–फोकस क्षमता रहेको छ जसले सेल्फी प्रेमीहरुका लागी सेल्फी क्षमताहरुको एक नयाँ संसार खोल्दछ ।

स्मार्टफोनमा ४४ मेगा पिक्सेल आई अटोफोकस विशेषता रहेको छ जसले जीवनको हरेक पल अत्यन्तै सहज र स्थिर रुपमा कैद गर्न सकिन्छ । यस विशेषताले सेल्फी लिँदा तस्बिरको फोकस सधैँ कायम रहन्छ । यसको लेन्स आई अटोफोकससँग सुसज्जित छ जसले चलिरहेको वस्तुहरुमा फोकस गर्न अग्रिम एल्गोरिदमहरुको प्रयोग गर्दछ । यसको शक्तिशाली सब्जेक्ट्–ट्रयाकिंग प्रविधिले फोटो र भिडियोहरुको गुणस्तरमा थप निखार ल्याँउछ ।

उक्त विशेषताले प्रयोगकर्ताले चाहे नजिकै वा पर दूरीबाट खिच्दा पनि निकै सहजताका साथ उत्कृष्ट नतिजा प्रदान गदर्छ । यस विशेषताबाट सेल्फी प्रेमी र सामाग्री सर्जकहरुले निकै लाभ उठाउन सक्छन् ।

सूपर नाइट सेल्फी

उत्कृष्ट अटोफोकस विशेषताको साथ, प्रयोगकर्ताहरुले अध्याँरो र कम प्रकाश भएको अवस्थामा पनि स्पष्ट–उज्याँलो सेल्फीहरु लिन सक्नेछन् । भिभो भी२० को विभिन्न एक्स्पोजर र नोईज–क्यानसिलेशन्–एल्गोरिदमले अध्याँरोमा पनि अनुहारको अत्यधिक विशिष्ट विवरणहरु सेल्फीमा कैद गर्न सक्छ । साथै, औरा स्क्रीन लाइटले स्वत रुपमा उत्कृष्ट सेल्फीको लागी प्रकाश मिलाउँदै तस्बिरमा उत्तम रंग तापमान र प्र्राकृतिक स्किन–टोन प्रदान गर्दछ ।

ड्यूल भ्यू भिडियो

यस विशेषताले दुवै फ्रन्ट र रियर क्यामरा एकै पटक प्रयोग गरि भिडियो रेकर्ड गर्न सकिन्छ । यस विशिष्ट विशेषताले दुवै फ्रन्ट र रियर क्यामराको फुटेज जोड्दछ जसले गर्दा प्रयोगकर्ताहरुले एकै पटकमा अन्तरक्रियात्मक भिडियो रेकर्ड गर्न सक्छन् ।

स्लोमो सेल्फी भिडियो

यस स्लो–मो विशेषताबाट प्रयोगकर्ताहरुले वास्तविक क्षणहरु रेकर्ड गरि समयको गति नियन्त्रण गर्न सक्छन् । यस विशेषता मार्फत प्रयोगकर्ताहरुले २४० फ्रेम प्रति सेकेण्ड को मजा लिँदै, छिटो र ढिलो गतिमा स्विच गर्न सक्छन् ।

स्टेडिफेस सेल्फी भिडियो

प्रयोगकर्ताहरुको फोटोग्राफी र भिडियोग्राफी अनुभवलाई स्टेडिफेस सेल्फी भिडियो विशेषताले थप पूर्ण बनाँउछ । यसले अनुहारमा फोकस केन्द्रित गर्दछ र फोनबाट भिडियो खिच्दा हात वा शरिरको चालको कारणले हुने धमिलो ईमेजहरु घटाउँदछ । यसमा रहेको फेस–डिटेक्सन्–एल्गोरिदमले भिडियो लिँदा स्थिरता दिलाउँछ ।

फोरके सेल्फी भिडियो

यस फोरके सेल्फी भिडियो मोडले फोरके रिजोलुशनको साथ भिडियोहरुमा थप निखार प्रदान गर्दछ । यस विशेषताले आकर्षक र लोभलाग्दो ईफेक्टसहरु प्रयोग गर्नको लागी एडिटिङ–टुल–किट प्रदान गर्दछ ।

मल्टी स्टाईल पोट्रेट र एआर स्टीकर्स

यी दुई विशेषताहरु होशियारीका साथ निजीकृत रंग र फेस–ब्यूटी समर्थन गर्नका लागि बनाईएको हो । यी विशेषताहरुले फाटो– स्टाईल–इफेक्ट्स्को एक विस्तृत विविधताको लागी प्रयोगकर्ताहरुको रचनात्मक माग पूरा गर्दछन् ।

६४ मेगापिक्सेल मुख्य रियर क्यामरा प्लस ८ मेगापिक्सेल मल्टी फंगसन क्यामरा (सुपर वाईड एंगल/बोके/सुपर म्याक्रो) प्लस२ एमपी मोनाो क्यामरा सेटअपले अल्ट्रा–क्लियर र हाई– डिफिनिशन फोटोग्राफी अनुभव प्रदान गर्दै जीवन्त, जटिल विवरणहरु कैद गर्छ जुन मजाले जुम गर्दापनि स्पष्ट रहन्छ ।

मल्टी फंगसनल क्यामराले सुपर म्याक्रो, बोकेह र ब्ल्याक एण्ड ह्वाईट ईफेक्ट्स्हरुको साथ फोटोग्राफीको लागी धेरै परिप्रेक्ष्यहरु सिर्जना गर्दछ ।

भी२० रियर क्यामराले पनि ग्राहकहरुको जीवनको क्षणहरु कैद गर्नका लागी

सूपर नाइट मोड

रातको समयमा फोटोग्राफी गर्नुको अनुभवमा भी२० रियर क्यामराको सुपर नाईट मोडले विशेष फिल्टरहरुबाट अन्धकारमा लुकेका छायाहरुलाई कैद गर्दै थप पूर्णता दिलाउँछ । साथै, नयाँ ट्राइपड नाइट मोडले स्थिरता र एक्सपोजर बढाँउछ जसले गर्दा रातको सुन्दरता सहजै कैद गर्न सकिन्छ।

मोसन अटोफोकस

यस विशेषताले चलिरहेको वस्तुहरु ट्रयाक गर्दछ । कुनै पनि व्यक्ति वा वस्तुमा मात्र दुई पटक ट्याप गरेपछि, पुरा फ्रेमभरि नै त्यसैमा निरन्तर फोकस बसिरहन्छ।

निकै होसियारी साथ तयार गरिएको स्लिक डिजाईन र कलर प्लेट

भी२० आफ्नो अल्ट्रा–स्लिक र स्टाईलिस् कलर प्लेटको साथमा शानदार देखिने स्मार्टफोनको उत्तम उदाहरण बनेको छ जुन युवाहरुको स्मार्ट र विकसित जीवनशैलीसँग सजिलै मेल हुन्छ । यसमा ७.३८ एमएम अल्ट्रास्लीक डिजाइन र २.५डी को आकार मात्र १७१ ग्राम वजन रहेको छ। यसमा रहेको ६.४४ इन्च एमोलेड फूलएचडी डीस्प्लेले रंगहरुलाई एकदम जीवन्त बनाउँछ।

  • भी२० मा रहेको एजी ग्लास टेक्नोलोजी र रचनात्मक त्रिकोणीय म्याट्रिक्स् क्यामरा सेटअपको साथमा यो एक प्रिमियम लुक भएको स्मार्टफोन हो जसले युवा जीवनशैलीलाई थप पुरक गर्दछ । भी२० को समग्र सौन्दर्यशास्त्र एक फेशनेबल र ट्रेन्डी सेल्फी–प्रेमी पुस्तालाई प्रभावित गर्ने हिसाबले डिजाईन गरिएको छ।
  • एजी ग्लास टेक्नोलोजीः भी२०को ब्याक कभरमा एजी ग्लास प्रविधि रहेको छ जसले राम्रो पकड दिन्छ । एजी मेट ग्लासले धुलो रहित र स्क्रयाच प्रतिरोध लुक प्रदान गर्छ र यो ग्लासले एक नरम स्पर्श प्रदान गर्दै स्मार्टफोनको सतहलाई थप परिष्कृत गर्दछ ।
  • ड्यूल टोन स्टेपः भी२०मा होसियारीका साथ अदितीय रुपमा फ्लाश पहिलो तहमा छ र क्यामेराहरु दोस्रो तहमा राखी तयार गरिएको छ । पछाडिको रियर क्यामरा राम्ररी पातलो तहहरुमा संगठित छन् ।
    भिभो भी२० का रंगहरु प्रकृतिको रहस्यमय सुन्दरताबाट प्रेरित छन् । यो दुई फेशनेबल रंगहरुमा उपलब्ध छ जुन विशेष रुपमा प्रयोगात्मक युवाहरुको फेशन भावना र आत्म अभिव्यक्तिसँग मेलखाने रुपमा डिजाईन गरिएको छ ।
  • मिडनाइट ज्याजः यसको सिग्नेचर रंग हो । यो रहस्यमय र ऊर्जाले भरिएको छ र अराजकताको बीचमा दृढ रहनको लागी शान्ति र आत्मविश्वास प्रदान गर्दछ ।
  • सनसेट मेलोडीः सूर्यास्त हुँदा समुद्रि किनारहरुको सम्झना दिलाउने न्यानो रंगहरुबाट प्ररित रहेको छ ।

पावर–प्याक्ड प्रदर्शनी

भी २० दुबै डिजाईन एक्सेसरी र द्रुत गतिशील उपयोगकर्ताहरुको लागी एक शक्तिशाली कम्प्यूटिंग उपकरणको रुपमा निर्माण गरिएको छ । यसमा केहि विशेषताहरु विचारपूर्वक राखिएको छ जुसले प्रयोगकर्ताहरुलाई सदा परिवर्तनशील वातावरणमा व्यस्त राख्दछ र मनोरञ्जन प्रदान गर्दछ ।

प्रोसेसर र स्टोरेज

भी २० मा क्वालकम स्न्यापड्रागन ७२०जी प्रोसेसरको क्षमता रहेको छ जसले एप्लिकेशन र गेमहरुको लागी ८जीबी र्याम र १२८जीबीको लागी उत्कृष्ट प्रदर्शनी प्रदान गर्दछ । साथै,फनटच ओएस ११ (एन्ड्रोयड ११ मा आधारित)ले अवरोधहिन प्रयोगकर्ता अन्तक्रियाको लागी फोनलाई सक्षम बनाएको छ ।

ब्याट्री

भी २० मा ४००० एमएएच ब्याट्रीको साथमा ३३ वाटट फ्ल्याशचार्ज रहेको छ जसले बिजुलीको गतिमा ६५ प्रतिशतसम्म ब्याट्री भर्न सक्छ । बलियो ब्याट्री र फ्ल्याशचार्जको साथमा प्रयोगकर्ताहरुले थप सहज मोबाईल अनुभव लिन सक्छन् र विभिन्न अवस्थाहरुमा आफुलाई रेकर्ड गर्न सक्छन् ।

मल्टि टर्बो

यस मल्टि टर्बो विशेषताले टर्बो प्रविधिहरुबाट भी२० को समग्र प्रदर्शन बढाउँदछ । अत्यधिक उत्कृष्ट र जोडदार गेमिंग अनुभवको लागी गेम टर्बो पनि साथमा रहेको छ ।

मेमोरी रिकलर

यस अदितिय विशेषताले प्रयोगकर्ताहरुलाई पुराना सम्झनाहरु जीवित बनाउँन मदत गदर्छ । यो आकर्षक विशेषताले तुरुन्तै अस्पष्ट पुराना तस्बिरहरुमा स्पष्टता पुनर्स्थापित गर्दछ र यसको स्मार्ट कलरिंग उपकरणले रंगलाई अझ बढाउँदछ।

उपलब्धता विवरण

भी२० तपाईको नजिकको बजारमा १८ अक्टोबर, २०२० बाट रु. ४७,९९० मा उपलब्ध रहने कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here