भिभोले ल्यायो वर्षकै सबैभन्दा ठूलो वार्षिक बिक्रि मेला

Vivo carnival

२७ मंसिर २०७७, काठमाडौं ।

विश्वव्यापी स्मार्टफोन ब्राण्ड, भिभोले आफ्नो ग्राहकवर्गहरुका लागि नेपालमा आफ्नो ब्राण्डको तेस्रो वार्षिकोत्सवको अवसरमा आज यस वर्षको ‘Biggest Annual Sales Carnival’ को घोषणा गरेको छ । उक्त वार्षिक मेला आज, १२ डिसेम्बर २०२० देखि सुरु भई ५ जानवरी २०२१ मा समापन हुनेछ ।

भिभोले ल्यायो वर्षकै सबैभन्दा ठूलो वार्षिक बिक्रि मेला

  • भिभोले आफ्नो नेपालको प्रयोगकर्ताहरु साथै विद्यार्थी, यात्री, फाटोग्राफर र भिभो फ्यानक्लबका सदस्यहरुका लागि सबैभन्दा ठूलो बिक्रि मेलाको घोषणा गरेको छ ।
  • भिभो V19, भिभो S1 Pro र भिभोY12 स्र्माटफोनहरुमा भारी छुट ।
  • भिभो स्र्माटफोन खरिदमा रोमाञ्चक उपहार तथा बम्पर पुरस्कारहरु ।

यस सिमित अवधिको अवसरले नेपाल स्मार्टफोन बजारका निश्चित ह्याण्डसेटहरुमा निकै ठूलो छुट प्रदान गर्छ जुन नजिकैको आउटलेटहरुमा वा भिभोको आधिकारिक अनलाईन पार्टनर, दराज मार्फत लिन सकिन्छ । यस अवधिमा vivo V19, vivo S1 Pro र vivo Y12 स्मार्टफोनहरुमा विशेष छुट पाईन्छ ।

यस बिक्री मेलाको भागको रुपमा, भिभोले मेलाको २५ दिनको अवधिमा प्रत्येक भिभो स्मार्टफोन बिक्रिमा लक्की ड्र मार्फत आकर्षक उपहार ह्याम्परहरु र बम्पर पुरस्कारहरु वितरण गर्नेछ । लक्की ड्र उपहारको रुपमा, भिभोले भाग्यशाली ग्राहकहरुलाई १५०० स्क्रिन रिप्लेस्मेन्टस्, १० पावर ब्यान्क, ६ ऐयरबडस् र ४३–ईन्च स्मार्ट टि.भी. प्रदान गर्नेछ ।

भिभो नेपालका सि.ई.ओ., मार्स भन्छन्,

“हाम्रो नेपालमा तेस्रो वार्षिकोेत्सवको अवसरमा भारी छुट र बम्पर पुरस्कारका रुपमा यस्ता आकर्षक अफरहरु ल्याउन पाउँदा हामी खुसी छौं । उक्त मेला ५ जानवरी २०२१ सम्म मान्य रहनेछ र ग्राहकहरुलाई निकै कम मूल्यमा उत्कृष्ट उत्पादन लिने अवसर दिलाउनेछ । हामीले नेपाली बजारमा कदम राखे देखि नै हामीलाई नेपाली ग्राहकहरुले दिनु भएको माया र साथ प्रति निकै आभारी छौ । हामीले यो अवसर प्रत्येक ग्राहकलाई आकर्षक उपहार र आश्चर्यका साथ धन्यवाद दिदै हाम्रो वार्षिकोत्सव सम्झन लायक बनाउने लक्ष्य राखेका छौ ।”

Vivo carnival discount

नेपालको सबैभन्दा ठूलो ई–कमर्स वेबसाईट, दराज ले पनि भिभो सेल्स् कार्निभलको सुरुवातकै सोहि दिन आफ्नो वार्षिक वर्ष–अन्त सेल सुरु गर्दैछ । साझेदारीमा थप, दराजले निःशुल्क शिपमेन्ट जस्ता धेरै आकर्षक अफरहरु प्रदान गर्दछ, साथै भिभो स्मार्टफोनहरुको खरिदमा २% देखि ३% को नियमित छुट रहेको छ । दराजले ग्राहकहरुलाई रु. २१०० सम्मको भौचर अफरहरु पनि प्रदान गर्दैछ ।

भिभो सही काम गर्ने र सही तरिकाले गर्ने दर्शन, बेनफेन द्वारा निर्देशित छ । भिभो सधैँ ग्राहक सन्तुष्टी र ग्राहकहरुसँग विश्वासिलो सम्बन्ध बनाउनमा सधै केन्द्रित रहेको छ । र नेपाल रणनीतिक हिसाबले भिभोका लागी एकदम महत्वपूर्ण र बढ्दो बजार हो र नेपाली बजारले ठूलो सम्भावना बोकेको छ । भिभोको नेपाली स्मार्टफोन बजार प्रति दृढ प्रतिबद्धता रहेको छ र देशको आर्थिक विकासको लागि योगदान गर्ने दिर्घकालिन दृष्टिकोण छ । उक्त ब्राण्डले थप रोजगारी ल्याई भिभो परिवार विस्तार गर्दै नेपालमा आफ्नो पद चिन्हलाई बढाउने निरन्तरता दिईरहेको छ ।

३० भन्दा बढी मुलुकहरुमा आफ्नो उपस्थितिको साथ, भिभोले नेपालमा आफ्नो यात्रा २०१७ मा स्ुरु गरेको हो र नवीनतम स्मार्टफोन प्रविधि विकास गरि बजारमा सफलपूर्वक आफ्नो लागी सुरक्षित स्थान बनाएको छ । नेपाली स्मार्टफोन बजारमा आफ्ना स्थापना देखि नै धेरै नवीन र उत्कृष्ट प्रविधिका विभिन्न सिरिज थ्, ख् का स्मार्टफोनहरु भित्राएको छ जुन आजको युवाहरुको विकसित र बदलिदो जीवन शैलीलाई मध्यनजर गरि तयार गरिएको छ ।

विगतका वर्षहरुमा, भिभोले ग्राहकहरुलाई स्मार्टफोन अनुभव र खरिद गर्नका लागी देशभर रहेको १००० रिटेल स्टोरहरुको साथमा नेपाली बजारमा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ । ग्राहक सन्तुष्टि हाम्रो मूलमानहरु मध्ये एक हो । हाम्रो ग्राहक समर्थन टोली हाम्रा तीन सेवा केन्द्रहरुमा ग्राहकहरुको प्रश्न र गुनासोहरुलाई सम्बोधन गर्न र उहाँहरुलाई उत्तम सम्भव समाधानहरु प्रदान गर्ने अथक प्रयासमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here