विभिन्न कार्यक्रम सहित भिभोले नेपालमा चौथो वार्षिककोत्सव मनाउँदै

vivo nepal 4th Anniversary

२२ मंसिर २०७८, काठमाडौं ।

विश्व प्रसिद्ध प्राविधिक व्राण्ड भिभोले नेपालमा आफ्नो चौथो वार्षिककोत्सव भव्य कार्यक्रमहरुको आयोजना गरी मनाउदै छ । यस वर्षका कमर्यक्रमहरु विगत वर्षहरुको भन्दा ठूलो र आकर्षक रुपमा मनाइने छ ।

भिभोले यस वर्ष आफ्ना सहयोगी र ग्राहकहरुबाट अझ बढी सहयोगको अपेक्षा सहित कोसेढुङ्गाको रुपमा मनाउने सन्दर्भमा सवैलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेको छ । भिभोले सवैको ममताले गर्दा स्मार्टफोन उद्योगमा नयाँ उचाइमा पुग्ने विश्वास लिएको छ ।

चार बर्षको अवधिमा भिभोले नेपालको स्मार्टफोन बजारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ र अत्यधिक बिक्री हुने ब्राण्डमा आफ्नो स्थान बनाएको छ ।

बार्षिकोत्सवको अवसरलाई अझ स्मरणीय बनाउन नयाँ स्मार्टफोन ग्राहकहरु समक्ष ल्याउनेछ । यसका अतिरिक्त “सेल्स कार्निभल” को रुपमा मनाउदै आफ्ना ग्राहकहरुलाई उत्साहप्रद र उल्लेखनीय पुरस्कारद्वारा संमानित गर्नेछ ।

सेल्स कार्निभल १५ डिसेम्बर २०२१ बाट शुरु भई ५ जनवरी २०२२ सम्म संचालन हुनेछ । त्यस अवधिमा भिभो ह्याण्डसेट खरीद गर्ने ग्राहकले ‘लक्की ड्र’ मा सहभागी हुन सक्नेछन् र लक्की ड्र मा ठूलै पुरस्कार पाइनेछ ।

त्यस अवसरमा भिभोले अति विशेष खालको इभेण्टको आयोजना चारबर्षको अन्तरालमा उल्लेखनीय जमघट गर्नेछ , जसमा सेलिब्रिटीहरु र प्रभावशाली ब्यतिmत्वहरु सहभागी हुनेछन् । यी बर्षहरुमा पाएको अपार माया र साथको लागि कम्पनी कृतज्ञता ज्ञापन गर्दै सामुदायिक गतिविधिमा पनि संलग्न रहेको छ ।

सेल्स कार्निभल १५ डिसेम्वरबाट शुरु हुनेछ र भिभोका पसल र खुद्रा विक्रेताबाट उत्पादन खरीद गर्न सकिनेछ ।
कम्पनीले आफ्नो सेवा स्थानीय र अन्तराष्ट्रिय स्तरमा विस्तार गर्ने र प्रविधिको गुणस्तर बढाउने उद्देश्य लिएको छ । साथै थप मौलिक उत्पादनमा समेत सक्रिय रहने छ ।

भिभो नेपालका ब्राण्ड मेनेजर पियुष गिरी भन्नुहुन्छ – नेपालमा यति उपलव्धि पूर्णरुपमा ४ वर्षको सेवा आश्चार्यजनकढंगले वितेको छ, किन भने शुरुका वर्ष कम्पनीका लागि निकै चुनौतिपूर्ण थियो ।

तर ग्राहकहरुको हामी प्रतिको विश्वास र मायाले हामीलाई सेवा विस्तार गर्न सहयोग पुग्यो , त्यसका लागि ग्राहकहरु प्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दर्छौ ।

हामीलाई विश्वास छ प्रारंभ हुन लागेको सेल्स कार्निभल विगतको तुलनामा अझ भव्यरुपमा सम्पन्न हुनेछ ।

विगत वर्षमा ग्राहकहरुबाट सकारात्मक एवं उत्साहप्रद समर्थनबाट हामी उत्साहित भएका थियौं भने यस पल्टको सेल्स कार्निभल अझ भव्य हुनेछ । हामी आफ्ना ग्राहकहरुसँग दरिलो सम्वन्ध स्थापना गर्न लागेका छौं ।

कम्पनी आफ्ना अति महत्वपूर्ण च्यानल पार्टनर, डिष्ट्रिब्यूटरहरु र रिटेलरहरुले यति धेरै माया र विश्वासको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here