नेपालमा भाइबर पहिलो सामाजिक सञ्जालको रूपमा सूचीकृत

Viber officially registered
Share It On:

१ चैत, काठमाण्डौं । 

नेपालमा सामाजिक सञ्जाल एप भाइबर सूचीकृत भएको छ ।

मन्त्रालयका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तयार भएको निर्देशिका २०८० अनुसार पहिलोपटक नेपालमा भाइबर सूचीकृत भएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको निर्देशिकाबमोजिम तोकिएको प्रक्रिया पूरा गरेर भाइबर सूचीकरण गरिएको हो । ‘भाइबरले सूचीकरण भएको  प्रमाणपत्र लै लगेको छ,’ उनले भने,‘लिंक्ड इनले पनि सूचीकरणका लागि आवेदन दिएको छ ।’

भाइबरपछि लिंक्डइन पनि सूचीकरण हुने प्रक्रियामा रहेको उनले जानकारी गराए। यसले सूचीकरणको लागि केही समय अघि नै निवेदन दिएपनि कागजात मिलाउन बाँकी रहेको छ।

सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा नेपालमा सञ्चालन हुने कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण हुनुपर्ने उल्लेख छ।

यसमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र सञ्चालनमा रोक लगाउने समेत उल्लेख छ। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै गत २३ कात्तिकमा मन्त्रालयले त्यसलाई नियमन गर्न सूचीकरणको नियम ल्याएको थियो ।

प्रवक्ता सुवेदीका अनुसार केही ठूला सामाजिक सञ्जाल कम्पनीहरूले सूचीकरण प्रक्रियामा आपत्ति जनाइरहेका छन्। यसका लागि आवश्यक छलफल र बुझाइने काम हुँदैछ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *