वेद एपको “हात हातमा शिक्षा” को बिजेतालाई नयाँ ल्यापटप साथै अन्य आकर्षक पुरस्कार

Veda Campaign
Share It On:

२१ असार २०७८ काठमाडौं ।

वेद एपले नेपालकै एक उदयमान अनलाइन सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट सँगको सहकार्यमा “हात हातमा शिक्षा” अभियान संचालनमा ल्याएको छ।  शिक्षक तथा विद्यार्थीहरुलाई अनलाईन शिक्षा सम्बन्धि आफ्नो अनुभव बाँड्नका लागि अवसर प्रदान गर्न उक्त अभियान संचालनमा ल्याईएको हो। अभियानको बिजेताले रू. ५०,००० मूल्य बराबरको नयाँ ल्यापटप साथै अन्य आकर्षक नगद पुरस्कार जित्ने मौका पाउनेछन्।

कार्यक्रममा  शिक्षक तथा  विद्यार्थीहरुले डिजिटल शिक्षा सम्बन्धि ३० सेकेन्ड वा सो भन्दा लामो भिडियोमा आफ्नो अनुभव बाँडि सहभागी हुन पाउनेछन् ।

यस क्यामपेनको एक उपाधि वेदगुरुफ्युचर लिडर अन्तर्गत एक शिक्षक र एक विद्यार्थी बिजेता हुनेछन्।  बिजेताहरुले रू. ५०,०००  बराबरको नयाँ ल्यापटप र यसका टप चार रनर अप ले रू. ५००० क्यास प्राइज आफ्नो खल्ती खातामा प्राप्त गर्नेछन् ।

त्यसै गरि न्यु अन ब्लक उपाधिको बिजेता एक वर्ष सम्मको लागि रू. ५०,००० बराबरको नि:शुल्क वेद सब्स्क्रिप्सन र खल्ती खातामा रू. १०,००० रकमका साथ सम्मानित हुनेछन् ।

वेद एपले महामारीको बिचमा शैक्षिक सँस्थाहरु चलायमान बनाउन उल्लेख्य भूमिका खेल्ने शिक्षक तथा विद्यार्थीहरुको मेहनतलाई कदर गर्दै खल्ती संगको सहकार्यमा हात हातमा शिक्षा अभियान संचालनमा ल्याएको हो। हामीले यस फेसबुक अभियान माध्यम मार्फत डिजिटल शिक्षा सम्बन्धि चेताना फैलाउने लक्ष्य  राखेका छौँ “ वेद एपको सह-संस्थापक तथा  प्रमुख कार्यकारी अधिकृत श्री निर्देश डुवा ले बताउनुभयो।

उक्त अभियान सम्बन्धि खल्ती डिजिटल  वालेटका प्रवन्धक, श्री पवल खरेलले बताउनुभयो “वेद सँगको सहकार्यमा हात, हातमा शिक्षा” अभियान संचालन गर्न पाउँदा हामी ज्यादै उत्साहित छौं। केहि वर्ष अगाडी सम्म  स्कुल नगई घरमै बसी पढ्न सकिने कुरा हामीलाई काल्पनिक लाग्थ्यो।  यद्यपि अब भने  वेद एपबाट आफ्नो आधारभूत शिक्षा घरबाटै लिइ यसको शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सम्भव भएको छ। हामीलाई विश्वास यो कार्यक्रमले महामारीको  बीचमा वेद एप  बाट  घरमै बसी परिक्षा संचालन गर्न, स्कुलको शुल्क तिर्न , अनलाइन भर्ना गर्न सकिने जस्ता अन्य धेरै फाइदाहरुको बारेमा चेतना फैलाउन उल्लेख्य भूमिका खेल्नेछ ”।  


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *