युनाईटेड फाईनान्स लिमिटेडको सिल्भर जुब्ली बचत खाता संचालनमा

Silver Jubilee Year United Finance
Share It On:

४ फागुन २०७६, काठमाडौं ।

युनाईटेड फाईनान्स लिमिटेडले २५ औं बार्षिकोत्सवको उपलक्ष्यमा सिल्भर जुब्ली बचत खाता संचालनमा ल्याएको छ । एक घर एक खाताको अभियानलाई निरनतरता दिदै घरदैलो कार्यक्रम का माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान आज देखि नै संचालनमा आएको छ ।

यस योजना अन्तर्गत युनाईटेड फाईनान्स लिमिटेडको सिल्भर जुब्ली बचत खाता खोल्ने हरेक खाता वालाको खातामा फाईनान्सका तर्फबाट रु. १००। जम्मा गरीने तथा निशुल्क रुपमा भिसा कार्ड तथा आस्वा सेवा उपलव्ध गराईनेछ । नेपालकै पुरानो मध्येको यस फाईनान्समा हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ ।

कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आईरहेको छ र यो योजना सबै शाखा कार्यालयहरुमा लागु गरीएकोछ । यो योजना हाललाई फाल्गुण महिना भरीका लागि संचालनमा ल्याईएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *