काठमाडौं, भाद्र ६ ।
नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र युनाईटेड फाईनान्स लि. बीच मिति २०७६ भाद्र ४ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता अनुसार एन.बी.आई ले युनाईटेड फाईनान्स लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
उक्त सम्झौता पत्रमा युनाईटेड फाईनान्स लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अजय कुमार मिश्र र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत श्री संजिब सुब्बा बीच हस्ताक्षर भएको छ ।