युनाईटेड फाईनान्स लि. को २४ औं शाखा धनगढी, कैलालीमा

united finance branch

५ चैत २०७७, काठमाडौं ।

युनाईटेड फाईनान्स लिमिटेडले सुदुरपश्चिम प्रदेशकै पहिलो शाखाको रुपमा धनगढी, कैलालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

फाईनान्सले बिहीबार देखि कैलाली जिल्ला धनगढी चौराहामा आफ्नो २४ औं शाखा सञ्चालनमा ल्याएको हो । बिहीबार आयोजित उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ, कैलालीका अध्यक्ष श्री पुष्पराज कुवर र फाईनान्सका प्रमुख कार्यकारी अधिकृत श्री अजय कुमार मिश्रले संयूक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

सोही कार्यक्रममा फाईनान्सका प्रमुख कार्यकारी अधिकृत श्री अजय कुमार मिश्रले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताउनु भयो ।

नयाँ शाखा सञ्चालनमा आएसँगै फाईनान्सको शाखा कार्यालयको संख्या २४ पुगेको छ ।

युनाईटेड फाईनान्स लिमिटेडले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साथै यस फाईनान्समा भारतको प्रतिष्ठित कम्पनी मुथुट फाईनान्सको समेत लगानी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here