युनिलिभर नेपालले प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश दिने
१६ कात्तिक, काठमाडौं।
युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जनाएको छ ।
बुक क्लोज हुनुअघि कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । प्रस्तावित लाभांश कम्पनीको सम्बन्धित साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
For More: Unilever Nepal Dividend Per Share

