ट्विटरले फ्याब्रिक (Fabric) नामक ल्यायो नयाँ एप

Share It On:

काठमाडौं ।

ट्विटरले फ्याब्रिक (Fabric) नामक नयाँ एप ल्याएको छ ।उक्त एपको मदतले मोबाइल डेभ्लपरहरुले आफ्नो एप्सका बारेमा चेक गर्न कम्प्युटरको प्रयोग गर्न जरुरत पर्दैन। फ्याब्रिक (Fabric) नाम दिइएको यस एपका मद्दतले डेभ्लपर आफ्नो एप्सको बारेमा जनाकारी जस्तै हरेक महिना कति प्रयोगकर्ताले प्रयोग गर्छन्, एप कति क्र्यास (Crash) हुन्छ आदी थाहा पाउन सक्छन्।

फ्याब्रिक (Fabric) नामक एप आईओएस र एन्ड्रोइड अपरेटिङ सिस्टममा उपलब्ध छ। एपका मद्दतले डेभ्लपर मोबाइल एपका बारेमा प्राप्त हुने कमेन्टस् पढ्न  र जवाफ फर्काउन सक्ने कम्पनीले जनाएको छ।


Share It On: