टिभिएसको रेडर, एनटर्क र रेडिअन  बाइक तथा स्कुटिको फ्युल इन्जेक्सन भेरियन्ट अब नेपालमा

TVS Motor Fuel-Injection variant
Share It On:

२८ भदौ, काठमाडौं ।

विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआइ ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट  र  टिभिएस  रेडिअन (एफआइ) नेपालमा सार्वजनिक गरेको छ।

TVS Motor Fuel-Injection variants

यी नयाँ उतपादनका साथ टिभिएस मोटर कम्पनीले उत्साहीहरुलाई मात्र शक्तिशाली सवारी नभई सहज र इको-फ्रेन्ड्ली सवारी दिने ग्यारेन्टी दिन्छ ।

टिभिएसले यी  फ्युल इन्जेक्सन भेरियन्टका टू–ह्विलरहरु  बिएस – भिआइ एफआइ  प्लेटफर्ममा, जुनसुकै सवारी परिस्थितिमा पनि उत्साहीलाई अद्भुत र रमाइलो अनुभव सुनिश्चित गर्न विशेष रुपमा डिजाइन गरिएको छ ।

यी नयाँ उतपादनहरु एडभान्स्ड इन्जिनियरिङ र स्टाइलिश डिजाइनका साथ उत्कृष्ट प्रदर्शनको लागि नयाँ पुस्ताका राइडरहरुलाई ध्यानमा राखी बनाइएको छ ।

 टिभिएस मोटर कम्पनीका उपाध्यक्ष- इन्टरनेसनल बिज्नेस, राहुल नायकले भन्नुभयो, हामी हाम्रो मिलेनियल र डिजीटलाइजेसनमा निर्भर  जेन जी ग्राहकहरुको लागी स्कुटर र मोटरसाइकल दुवै क्षेत्रमा जहिले नयाँ शैली र नयाँ सुविधायुक्त, आउने पिडिलाई उपयुक्त हुनेगरी आफ्नो उत्पादनहरु अघि बढाउँछौ ।

नेपाल सधैँ हाम्रो लागि एउटा मूल्य व्यापार केन्द्र रहेको छ  र टिभीएस राइडर (एफआइ ), टिभीएस एनटर्क (एफआइ ) र  टिभिएस रेडिआन  (एफआइ) को नयाँ भेरियन्ट नेपालमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौ ।

यी नयाँ मोडेलहरूको अनौठो डिजाइन, प्रदर्शन र प्रविधिले हाम्रो नवीनता प्रति प्रतिबद्धता देखाउँछ।  यो विशेष रूपमा रोमाञ्चकता, आराम, र आधुनिक सवारी अनुभव खोज्ने राइडरहरूको लागि बनाइएको साधन हो ।

जगदम्बा मोटर्स प्रा. लि. का कार्यकारी निर्देशक अखिल गुप्ताले भन्नुभयो, “नेपालमा विगत ९ वर्षदेखि टिभिएस मोटर कम्पनीका आधिकारिक वितरकको रूपमा हामी फेरि ब्रान्डसँग साझेदारी गर्न पाउँदा खुसी छौं। टिभिएस मोटरले सधैं हाम्रा नेपाली ग्राहकहरूको आवश्यकतालाई पूरा गर्ने उत्पादनहरू प्रस्तुत गरेको छ ।

हामीलाई विश्वास छ, हाम्रा ग्राहकहरुलाई  यी नयाँ भेरियन्टहरूले चित्त बुझ्नेछ र यसको प्रस्तुतिले नेपालमा टिभिएस कम्पनीको पकड अझ मजबुत पार्नेछ । नयाँ भेरियन्टहरू सबै उत्साहीहरुको पक्कै पनि  मन जित्नेछ र सवारी अनुभवलाई सबैभन्दा राम्रो बनाउनेछ ।

टिभिएस रेडर  एफआइ भेरियन्ट : टिभिएस राइडर यसको स्टाइलिश डिजाइन र शक्तिशाली प्रदर्शनका कारण युवा र गतिशील राइडरहरू बीच लोकप्रिय रहेको  छ। हालै सार्वजनिक गरिएको एफआइ भेरियन्टले यसलाई थप उचाइमा पुर्याउँदै निम्न सुविधाहरू प्रदान गर्दछ ।

फ्युल दक्षता:  यसमा फ्युल इन्जेक्सन प्रविधिले फ्युलको प्रयोगलाई अनुकुल बनाउँछ र दैनिक होस्  कि लामो सवारीको लागि किफायती बनाउँछ।

उत्तम प्रदर्शन: राडरहरूले सहज र रोमाञ्चक सवारी सुनिश्चित गर्दै सहज पावर डेलिभरी र कम इन्जिन कम्पनहरू अनुभव गर्न सक्छन्।

परिष्कृत स्टाइलिङ: टिभिएस रेडर  एफ़आइ भेरियन्ट युवाहरूको प्राथमिकता अनुरूप बोल्ड ग्राफिक्स र भाइवरेन्ट रंगहरुमा उपलब्ध छ ।

टिभिएस एनटर्क भेरियन्ट: टिभिएस एनटर्कले स्कुटर सेगमेन्टमा खेलकुद शैलीलाई स्मार्ट सुविधाहरूसँग संयोजन गर्दै ट्रेन्डसेटरको रूपमा स्थापित गरेको छ। यस भेरियन्टमा पाइने कुराहरु :

  • सुपीरियर थ्रॉटल रेस्पोन्स: उन्नत एफआइ प्रणालीले राइडरहरु बीच उत्साह बढाउँदै प्रतिक्रियाशील एक्सेलेरेशन प्रदान गर्दछ।
  • इको-फ्रेन्डली राइड : राम्रो फ्युल व्यवस्थापनको साथ, टिभिएस एनटर्क भेरियन्टले कम उत्सर्जन प्रदान गर्दै वातावरणलाई प्रदुषणमुक्त राख्न मदत गर्दछ ।
  • अत्याधुनिक डिजाइन: एफआइ भेरियन्टले एनटर्कको आइकोनिक डिजाइन एलीमेंटहरु कायम राख्दै नयाँ डिकल र रंग विकल्पहरू ल्याएको छ ।

टिभिएस रेडिअन  एफआइ भेरियन्ट: आधुनिक यात्रीको लागि डिजाइन गरिएको टिभिएस रेडिअन  एफआइले १५ % माइलेज दिन्छ , जसले हरेक यात्रालाई स्मार्ट,  सहज र प्रभावकारी बनाउँछ। यस भेरियन्टमा पाइन सकिने फाइदाहरु :

  • स्थायित्व: रेडिअन एफआइमा भएको ड्युरा इन्जिनले लामो समयसम्म टिक्ने माइलेज र प्रदर्शन दिन्छ। यसको सुपर बलियो बक्स फलामको चेसिसले बाइकलाई मजबुत र स्थिर बनाउँछ, जसले गर्दा यो हरेक किसिमका सडकहरूमा चलाउनको लागि सहज हुन्छ।

  • आरामदायी र सुविधाजनक – यस भेरियन्टमा भएको  लामो कुसन सिट, क्यारियरसहितको पिलियन ग्रेब्रेल,  दैनिक अत्यावश्यक वस्तुहरूको लागि हुकसहितको लेडी पिलियन ह्यान्डल र सुविधाजनक अल  गियर सेल्फ-स्टार्ट सुविधाले, सवारीको अनुभव बढाउन्छ।

  • सुरक्षित: सुरक्षालाई ध्यानमा  राखी यसमा प्रिमियम अलोय ह्विल, डिस्क ब्रेक, र सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजीको व्यवस्था गरिएको छ।

टिभिएस रेडर, टिभिएस  एनटर्क र  टिभिएस रेडिअनका नयाँ एफआइ भेरियन्टहरू अब नेपालभरका सबै अधिकृत टिभिएस  डिलरशिपमा उपलब्ध छन्। टिभिएस रेडर  एफआइ  को मूल्य रु २,९२,९००/-, टिभिएस  एनटर्क एफआइ को मूल्य रु २,७९,९००/-  र टिभिएस रेडिअन  एफआइको मूल्य रु २, ३६ ,९०० रहेको  छ।

टिभिएस मोटर कम्पनी (BSE:532343 र NSE: TVSMOTOR) विश्वभर प्रसिद्ध दुई र तीन पांग्रे सवारी साधन उत्पादन कम्पनी हो । यस कम्पनीले  भारत र इन्डोनेसियामा अत्याधुनिक उत्पादन सुविधा राखेर दिगो गतिशीलतामा प्रगतिलाई प्रवर्द्धन गर्दै आएको छ।

१०० वर्षको विश्वास, मूल्य, र ग्राहकप्रतिको भावनामा आधारित, यो उच्च गुणस्तरका नयाँ र दिगो प्रक्रियाहरूको माध्यमबाटअन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त उत्पादनहरू निर्माणमा गर्व गर्दछ ।

टिभिएस मोटर केवल एकमात्र दुई-पांग्रे सवारी साधन कम्पनी हो जसले प्रतिष्ठित डेमिङ पुरस्कार जितेको छ। हाम्रा उत्पादनहरू जेडी पावर आइक्युएस र अपिल  सर्वेक्षणहरूमा आफ्ना वर्गमा  अगाडि छ । हामीले लगातार चार वर्ष जेडी पावर ग्राहक सेवा सन्तोषजनकता सर्वेक्षणमा नं. १ कम्पनीको रैंक प्राप्त गरेका छौं।

व्यक्तिगत ई-मोबिलिटी स्पेसमा हाम्रा सहायक कम्पनीहरू, स्विस ई-मोबिलिटी समूह (SEMG) र EGO मुभमेन्ट  स्विट्जरल्याण्डको ई-बाइक मार्केटमा अग्रणी स्थानमा छन्। टिभिएस मोटर कम्पनीले हामीले सञ्चालन गर्ने ८० देशहरूमा सबैभन्दा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रयास गर्छ |

For more: TVS Motor Fuel-Injection variants


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *