TVS को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा आयोजना हुँदै, आकर्षक अफर र विशेष एक्सचेन्ज सुविधा उपलब्ध
११ कात्तिक, काठमाडौं।
नेपालका लागि TVS मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले यही २०८३ साल कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ।
सात दिनसम्म सञ्चालन हुने यस मेलामा ग्राहकहरूले आफ्ना पुराना दुईपाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ TVS मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्ने अवसरका साथै विभिन्न आकर्षक अफर र सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
‘TVS मा अपग्रेड गर्नु हुनेहरूलाई, अब TVS को महा एक्सचेन्ज मेलामा पाउनुहोस् अचम्मैका अफरहरू’ भन्ने मुख्य सन्देशका साथ आयोजना हुन लागेको यस मेलाले ग्राहकहरूलाई सहज, किफायती र लाभदायक एक्सचेन्ज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
मेलाको प्रमुख आकर्षणका रूपमा ‘TVS गोल्डेन की अफर’ रहेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक वा गोल्ड की अथवा रु. १० लाखसम्मको नगद छुट प्राप्त गर्ने अवसर पाउनेछन्। साथै, मेलालाई थप रोमाञ्चक बनाउन हरेक दिन दुई जना भाग्यशाली विजेताले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा प्राप्त गर्नेछन्।
ग्राहकहरूले आफ्ना पुराना सवारीसाधनको उचित तथा आकर्षक मूल्यांकन प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मेलामा ५० जनाभन्दा बढी अनुभवी भ्यालुएटरहरूको व्यवस्था गरिएको छ। यसबाट ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटरको उत्कृष्ट एक्सचेन्ज मूल्य प्राप्त गर्दै नयाँ TVS सवारीसाधनमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्।
त्यसैगरी, ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै मेलामा नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा छिटो तथा सहज फाइनान्स प्रक्रिया समेत उपलब्ध गराइनेछ। आवश्यक योग्यता तथा वित्तीय संस्थाका सर्तहरूको अधीनमा रहने यस सुविधाले नयाँ सवारीसाधन खरिद प्रक्रियालाई थप सरल बनाउने विश्वास कम्पनीले लिएको छ।
यस अवसरमा जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष श्री दीपक रौनियारले भन्नुभयो, “TVS ले सधैं आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सवारीसाधनसँगै थप मूल्य र सुविधा प्रदान गर्ने उद्देश्य राख्दै आएको छ। ‘अचम्मैको महा एक्सचेन्ज मेला’ मार्फत हामीले ग्राहकहरूका लागि आकर्षक एक्सचेन्ज मूल्यांकन, विशेष अफर तथा सहज फाइनान्स सुविधा एकै स्थानमा उपलब्ध गराउने प्रयास गरेका छौं। हाम्रो उद्देश्य नयाँ TVS मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्ने ग्राहकहरूको चाहनालाई अझ सहज र किफायती बनाउनु हो। हामी सम्पूर्ण ग्राहकहरूलाई भृकुटीमण्डपमा उपस्थित भई यस विशेष अवसरको अधिकतम लाभ उठाउन हार्दिक आमन्त्रण गर्दछौं।”
आकर्षक एक्सचेन्ज अफर, विशेष पुरस्कार, अनुभवी भ्यालुएटरहरू तथा सहज वित्तीय सुविधाका कारण यो मेला नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने योजनामा रहेका ग्राहकहरूका लागि विशेष अवसर बन्ने अपेक्षा गरिएको छ। ग्राहकहरूको बदलिँदो आवश्यकता र चाहनालाई सम्बोधन गर्दै नवीनतम सवारीसाधन तथा ग्राहककेन्द्रित सेवाहरू प्रदान गर्ने TVS नेपालको प्रतिबद्धतालाई यस मेलाले थप मजबुत बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।
जगदम्बा मोटर्सले सम्पूर्ण इच्छुक ग्राहकहरूलाई २०८३ साल कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘अचम्मैको महा एक्सचेन्ज मेला’ मा सहभागी भई आफ्ना पुराना सवारीसाधनको मूल्यांकन गराउन र विशेष अफरहरूको फाइदा उठाउन आग्रह गरेको छ।
जगदम्बा मोटर्स प्रा.लि.को बारेमा
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा.लि. नेपालका लागि TVS मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक हो। सन् २०१५ देखि नेपाली बजारमा सक्रिय कम्पनीले गुणस्तरीय दुईपाङ्ग्रे सवारीसाधन, नवीनतम प्रविधि तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। देशभर फैलिएको डिलर तथा सर्भिस नेटवर्कमार्फत कम्पनीले नेपाली ग्राहकहरूको आवश्यकता र रुचिअनुसार विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउँदै आएको छ।
For more: TVS Achhamai Ko Maha Exchange Mela

