२७, साउन २०७८ काठमाडौं ।
क्यानालिस २०२१ को रिपोर्ट अनुसार स्मार्टफोन बजारका प्रमुख १८ बजारमा रियलमी शीर्ष ५ स्थानमा
- २०१८ अगस्टमा स्थापना भएको रियलमीलाई यो उपलब्धि हासिल गर्न मात्र तीन वर्ष लाग्यो
- भारतको नम्बर वन ५ जी स्मार्टफोन बन्न सफल
- भारतमा ५ करोड स्मार्टफोन शिपमेन्ट सम्म पुग्नको लागि सबभन्दा छिटो ब्राण्ड बन्यो
- प्रविधि बजार अध्ययन फर्म क्यानालिसले गरेको माग र ढुवानीका अध्ययनअनुसार उदयमान प्रविधि कम्पनी रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शीर्ष ५ स्मार्टफोन ब्राण्ड भित्र पर्न सफल भएको छ ।
स्थापनाको केवल ३७ महीनामै रियलमीले विश्वभर १० करोड स्मार्टफोन ढुवानीको लक्ष्य पूरा गरी स्मार्टफोनको क्षेत्रमा तीव्र बजार विस्तार गरेर नयाँ रेकर्ड बनाएको छ । यो तीन वर्षिय कम्पनीको लागि नयाँ रेकर्ड हो ।
ढुवानीका हिसाबले यूरोपमा स्मार्टफोन पठाउने शीर्ष ५ भित्र रियलमी पर्न सफल भएको छ। साथै यो कम्पनी पहिलोपटक स्लोभियामा दोस्रो, रसिया र पोल्याण्डमा तेस्रो र इटलीमा पाँचौँ स्थानमा पर्न सफल भएको छ।
‘यही अगस्ट महिनामा हामीले कम्पनीको तेस्रो वार्षिकोत्सव मनाउदै गर्दा विश्वभर स्मार्टफोन बजारमा बलियो स्थानमा आफूलाई स्थापित गरेकोमा हामी खुसी छौँ,’ रियलमीका उपाध्यक्ष समेत रहेका नेपाल, भारत तथा यूरोपका लागि प्रमुख कार्यकारी अधिकृत माधव शेठले बताए।
उनले भने, ‘चुनौतीका साथ हामी हाम्रा उपभोक्तालाई सुलभ मूल्यमा उच्च स्तरको स्टाइलिस स्मार्टफोन उपलब्ध गराउनमा प्रतिवद्ध छौँ।’
क्यानालिस रिपोर्टका अनुसार ढुवानीका हिसाबले फिलिपिन्स, बंगलादेश, स्लोभेनिया, पोल्याण्ड, रसिया, कम्बोडिया, चेक रिपब्लिक, भारत, इन्डोनेसिया, इजिप्ट, ग्रीस, इजरायल, इटली, मलेसिया, म्यानमार, नेपाल, सिङ्गापुर र थाइल्याण्डमा शीर्ष ५ स्थानभित्र रियलमी रहेको छ।