मुक्तिनाथ रेमिट को भुक्तानी आई सि एफ सि फाईनान्सको शाखा कार्यालयहरुबाट
२२ असोज २०७८, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि.को रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आई सि एफ सि फाईनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने भएको छ । मुक्तिनाथ विकास बैंक लि र आई सि एफ सि फाईनान्स बिच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट यस बंैकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र आई सि एफ सि फाईनान्सको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेण्ठले हस्ताक्षर गर्नुभएको छ ।
Advertisement
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंक लि.को रेमिट सेवाको झुक्तानी आई सि एफ सि फाईनान्सको २० शाखा बाट सजिलै लिन सकिने छ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकहरुलाई रेमिट झुक्तानीका लागि अझ बढि सुविधा मिल्ने बैंकको विश्वास रहेको छ । मुक्तिनाथ रेमिटले आफ्नो कारोबार देशभरी रहेका ४५०० भन्दा बढि झुक्तानी केन्द्रबाट गर्दै आईरहेको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ब्त्ः ःबअजष्लभ बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

