क्यान ईन्फोटेकको तेस्रो दिन अफर स्टलमा अवलोकन कर्ताको भीड

Third day of Can Infotech 2020

५ फागुन २०७६, काठमाडौं।

क्यान ईन्फोटेकको तेस्रो दिन आईतबार अवलोकन कर्ताहरुको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन । मेलाकै अवसर पारेर विभिन्न प्रविधी कम्पनी, संघसंस्थाहरुले सेवा लिन चाहानेहरुका लागि विशेष छुट, अफर लगायत घोषणा गरेका थिए ।

अवलोकन कर्ताहरु पनि अफर र छुट भएका स्टलहरुमा झुम्मिएको देखिन्थ्यो । शुक्रबारदेखि सुरु भएको नेपालकै ठूलो प्रविधि प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, एसेसरिज, सफ्टवेयर निर्माता लगायतका कम्पनीहरुले ग्राहकहरुका लागि छुट तथा अफरहरु दिइरहेका छन् ।

मेलामा एनसेलले आफ्नो स्टलबाट १ रुपैयाँमै सीम उपलब्ध गराइरहेको छ । सीममा ग्राहककले १० मिनेको निःशुल्क टक टाइम र १० वटा एसएमएस निःशुल्क प्राप्त गर्नेछन् । यस्तै, उक्त सीम मार्फत ग्राहकले ३ दिनको लागि २ जीबी डाटा निःशुल्क पाउनुका साथै आफ्नो स्टलबाट रिजार्च खरिद गर्ने ग्राहकहरुका लागि समेत विभिन्न छुट दिइरहेको छ ।

यस्तै, मेलामा ईन्टरनेट सेवा प्रदायक वल्र्डलिंक, सुविसु, भायानेट लगायतका कम्पनीहरुले अवलोकन कर्ताहरुका लागि भन्दै विभिन्न प्याकेजहरु सार्वजनिक गरेका छन । छुट सुविधा सहितका उक्त प्याकेजमा ग्राहकले कम मूल्यमा ईन्टरनेट सेवा लिन सक्ने सुविधाहरु राखिएको छ ।

छुट्टै पेभेलियनमा राखिएका मोबाईल, एसेसरिज लगायतका ब्राण्डले अवलोकन कर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफरहरु दिइरहेका छन् । विभिन्न ब्राण्डका मोबाईल कम्पनीहरुले अवलोकन कर्ताहरुका लागि भन्दै मेलाको अवसरमा ५० प्रतिशत भन्दा बढीको छुट, १ वटा मोबाईल खरीद गर्दा १ वटा सित्तैमा समेत दिइरहेका छन । छुट धेरै हुने र केही ब्राण्डका पोर्टेवल एसेसरिजमा अवलोकन कर्ताको बढी भीड लाग्ने गरेको आयोजकले जानकारी दिएको छ ।

साना एसेसरिज जस्तै माउस, किवोर्ड, ब्लुतुथ स्पिकर, क्यामेरा स्ट्यान्ड लगायतका स्टलहरुमा बढी भीड लाग्ने गरेको छ।यस्तै, मेलामा आउने अवलोकनकर्ताहरु साइबर सेक्युरिटीको बारेमा जानकार भए नभएको अनुसन्धान गर्ने उद्देश्यले सर्भेक्षणपनि गरिएको छ । आज दिउँसोसम्म सर्वेक्षणका लागि करिव १ हजाभन्दा बढी अवलोकनकर्ताहरुले फाराम भरेका छन ।

मेलामा नेपालको नवीनतम सोच (ईन्नोभेसन) र स्टार्टअपलाई प्राथमिकतामा राखिएको आयोजकले जानकारी दिएको छ । उनका अनुसार प्राथमिकतामा राखिएकै कारण ईन्नोभेसन र स्टार्टअपहरुलाई निःशुल्क स्टलहरु समेत उपलब्ध गराइएको छ ।

१ सय ७४ ओटा स्टल सहितको मेला बुधबारसम्म चल्ने छ । सूचना, प्रविधि र मनोरञ्जन सम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो । मेलामा ईन्नोभेसन र स्टार्टअप क्षेत्रका स्टलमा विभिन्न एप, सफ्टवेयर, स्कुल म्यानेजिङ एप तथा सफ्टवेयरहरु प्रदर्शनीमा राखिएको छ । यस्तै मेलामा राखिएका रोवोट सो, गेमिङ जोन लगायतले मेलाको थप आकर्षण बढाएका छन् ।

गत वर्ष करिब ३ लाख ७६ हजारभन्दा धेरैले अवलोकन गरेको यस प्रदर्शनीमा यो वर्ष ४ लाखभन्दा धेरै अवलोकनकर्ता आउने विश्वास आयोजकको छ । यस पटकको मेलामा प्रवेश टिकटलाई प्रभु पेबाट पनि खरिद गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here