फोटोग्राफीको उचाई: ओपो एफ११ प्रोका साथमा सगरमाथा बेस क्याम्पको यात्रा

सगरमाथाको उचाईसंग प्रेरित हुँदै ओपोले पहिलो पटक पर्वतारोही डा. निमानाम्ग्याल शेर्पा र फोटोग्राफर आदम मेंगसंग सहकार्य गर्दै एभरेष्ट भेस क्याम्प ट्रेक गरी आफ्नो नयाँक्यामेरा फोन एफ ११ प्रो मार्फत राजसी तस्विरहरु खिच्ने जमर्को गरेको छ ।

सुन्दरता हेर्ने मानिसको दृष्टिकोणमा निर्भर हुन्छ, यो भनाई एफ११ प्रोका लागि पनि उपयुक्त देखिन्छ । सगरमाथाको महिमा र भब्यताबाट प्रभावित हुँदै एफ११ प्रो मार्फत ओपोले यसको लोभ लाग्दो सुन्दरता खिच्ने जमर्को गरेको छ । कम्पनीले तस्विर मार्फत यात्राको रोमाञ्चकता नजिकबाट पस्किने जमर्को गरेको छ । खाना, पानी समेत विलाशिताका बस्तु झैँ अनुभव हुने बाटोमा जहाँ आरोहीले यात्रा अवधिभर आफ्नो वजनको दोब्बर सम्मभारी बोक्नु पर्छ, एफ११ प्रोले तिनका क्यामेराको स्थान मात्र लिएन साथै, यसमा उपलब्ध विभिन्न फिचर्सको माध्यमबाट यात्रालाई अविस्मरणिय समेत बनायो ।
एफ ११ प्रोबाट खिचिएका तस्विरहरुमा प्राकृतिक दृष्यको सुन्दरता, सांस्कृतिक समृद्धि र ताजापन पाउन सकिन्छ । त्यही नयाँ पनको प्रत्याभुतीदिने सोचका साथ तल दिइएका तस्विरमा हिमालयको अहिले सम्म नखिचिएको भाग पनि तस्विरका रुपमा प्रस्तुत गरिएको छ ः

मनमोहक हिमाल
जहाँ जमिन र आकाशको संगम हुन्छ, हावाको गति तिब्र र छायाँ साँघुरा । एफ११ प्रोले हिम श्रृंखलाको पवित्र सुन्दरता कैद गरेको छ । दिमागमा आउने कुनै शब्दले यी दृष्यको बर्णण गर्ने सामथ्र्य राख्दैन ।

कलात्मक क्यानवास
हिमालयाको कञ्चन सन्दरताको अनुभव उसैले मात्र गर्न पाउँछ, जसले यसको उचाई माप्ने सामथ्र्य राख्छन् । तर, सबैका लागि ओपोले एफ ११ प्रो मार्फत ती दृष्यलाई सटिक रुपमा उतार्न सफलभएको छ, एक कलात्मक प्रतिपादनको नमुनाका रुपमा ।

हिमालयन ल्याण्डस्केप
सम्भवतः स्वर्ग यस्तै देखिन्छ । एफ ११ प्रोको वाइड एंगल शटले ल्याण्डस्केप निकै सुन्दर तरिकाले कैद गरेको छ, एक प्रखर कलाकारको पेन्टिङ जस्तै । याद गर्नु भएन होला, तस्विर उल्टो छ । तस्विरको सुन्दरताले तपाईको मस्तिस्कलाई त्यो कुरा मापन गर्ने समय नदिएको हाम्रो विश्वास छ ।

रातमा बेसक्याम्पको चमक
कुनै अलोकिक स्थानको रातझैँ देखिने यो दृष्य एफ ११ प्रो मार्फत खिचिएको हो । फोनमा समाहित रंग मिलान र ह्वाइट ब्यालेन्स क्षमताले हिमाली भेगको सुन्दर दृष्य मनमोहक रुपमा कैद गर्न सफलभएको छ ।

यात्राका सहयात्री
याक, फलामे पुल र प्रार्थना झण्डाहरु विश्वको यस पाटोका अभिन्न अंग हुन् । बाटो तथाफलामे पुलमा भारी बोक्नयाकको प्रयोग गरिन्छ । तस्विरले यात्राका लागि प्रेरित अवश्य गर्यो होला तर, यो यात्रामा निस्कन वास्तवमै दरिलो मुटुको आवश्यकता पर्छ । यात्रामा अनेकन पटक देखिने प्रार्थनाका झण्डाहरुले यात्रा अवधिभर यात्रुलाई प्रेरणा र शक्ति प्रदान गर्छ ।

जंगली हावा
वेतोडले फरफराइ रहने झण्डाले स्थिर हिमालयको विपरित अर्कै कथा बताइरहेको हुन्छ । लाग्छ सोधिरहेछ, के तिमी यहाँको हुरी थेग्न तयार छौ ? एफ ११ प्रोका साथमा फोटोग्राफरले गति र स्थिरता एकै साथ तस्विरमा निकै मनमोहक तरिकाले खिचेर सफल प्रस्तुति दिएका छन् ।

क्याम्पको पहिलो झल्को
यात्राका दौरान जस्तो सुकै मै हुँ भनेतापनि, चिसो बतास र न्यून अक्सिजनले आरोही माथि प्रत्यक्ष प्रभाव पार्छ । तसर्थ, सुत्न तथा तातो चियाको चुस्किका लागि यीनले विश्राम स्थलका रुपमा काम गर्छ । धन्न, यहाँ पनि एफ११ प्रोले राम्रै काम दिइरकेको थियो ।

अमुल्य सुर्योदय
सबै चम्किने बस्तु सुन हुँदैनन्,सिधै स्वप्न चित्रबाट, हिमाल पारीको त्यो ‘एम्बर’– वास्तवमै एफ११ प्रोको अल्ट्रा नाइट मोडबाट खिचिएको सबैभन्दा अमुल्य स्मृति हो ।विश्वकै सर्वोच्च शिखरको चुचुरोमा पुग्ने कठिन र रोमाञ्चक यात्रामा निस्कँदा, बल्ल– वास्तवमै प्रकृति कति शक्तिशाली र सुन्दर छिन् भन्ने ज्ञान हुन्छ । अदृतिय क्षमता र फिचर्सद्वारा सुसज्जित एफ११ प्रो मार्फत फोटोग्राफी मोडका लागि सेटिङ मिलाइ रहने झञ्झट विना अमुल्य पललाई तस्विरका रुपमा सहजै कैद गर्न सघाउँछ । एफ११प्रोमा कैद यी तस्विरका माध्यमबाट सगरमाथा सदैव अविस्मर्णिय स्मृतिका रुपिमा मानसपतलमा रही रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here