टेलिकमले आजदेखि ‘भीओएलटीइ’ सेवा सफ्ट लन्च गर्दै, १०० मिनेटको प्याक निःशुल्क दिने

NTC
Share It On:

३ जेठ, २०७८ काठमाडौं।

नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा LTE प्रविधि अन्तर्गत VoLTE (Voice Over Long Term Evolution) सेवा सञ्चालनमा ल्याउने भएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा २०७८ जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा VoLTE सेवाको परीक्षण शुरुवात गर्न लागिएको हो । यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिनेछ ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले VoLTE सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *444# डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा VoLTE एक्टिभेट गर्नुपर्दछ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई VoLTE कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा VoLTE को संकेत देखापर्दछ । VoLTE को संकेत देखापरेपछि *111# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट VoLTE भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ ।

आफ्नो मोबाइल सेटले VoLTE सपोर्ट गर्छ÷गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न www.ntc.net.np/post/volte लिंक प्रयोग गर्न सकिन्छ । यसैगरी यो सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा support.volte@ntc.net.np मा इमेल पठाउन पनि सकिन्छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *