लाईसेन्सरका रुपमा ओपोद्वारा एचईभीसी एडभान्स प्याटेन्ट पुल प्रवेश

Oppo Press Release
Share It On:

६ जेठ, २०७८ काठमाडौं ।

विश्वब्यापी रुपमै अग्रणी स्मार्ट डिभाइस ब्राण्ड ओपोले  लाईसेन्सरका रुपमा एचईभीसी एडभान्स प्याटेन्ट पुलमा प्रवेशको घोषणा गरेको छ । यस संगै ओपोको एचईभीसी÷एच.२६५ स्ट्याण्डर्ड एसेन्सियल प्याटेन्टहरु एचईभीसी एडभान्स्ड प्याटेन्ट पोर्टफोलियो लाईसेन्स (जसको गणना वल्र्ड—वाइड प्याटेन्ट अनुसार १३,७०० भन्दा बढी हुनुका साथै थपिने क्रममा छ)मा सम्मिलित भएको छ ।

‘हामी एचईभीसीको  एडभान्स प्याटेन्ट पुलमा लाइसेन्सरका रुपमा सम्मिलित हुन पाउँदा निकै हर्षित छौँ । यसले भिडियो प्रोशेसिंगको क्षेत्रमा ओपोको प्याटेन्ट एक्यूमूलेशन उपलब्धिको प्रतिनीधित्वपनि गरेको छ’, ओपोको ईन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने ,‘ हामीले जस्तै लाईसेन्सी र लाईसेन्सरका चाहना विच तालमेल मिलाउँदै एचईभीसी तथा भविष्यका भिडियो प्रोशेसिंग प्रविधिका लागि स्वस्थ ईकोलोजिकल वातावरण निर्माण गर्ने उद्देश्यका साथ अघि बढी रहेको लाईसेन्सिंग प्ल्याटफर्म एक्सेस एडभान्ससंग सहकार्यका लागि उत्साहित छौँ ।’

हामी एचईभीसी एडभान्स प्याटेन्ट पूलमा ओपोलाई स्वागत गर्छौँ । लाईसेन्सीका रुपमा मात्र नभइ लाईसेन्सरका रुपमा  एचईभीसी एडभान्स प्याटेन्ट पूलमा ओपोको प्रवेशले हामी निर्क उत्साहित पनि छौँ ।

ओपोको सहयोग बृहत्त बजारमा प्याटेन्ट लागुगर्ने तथा प्याटेन्टका मालिकद्वारा एचईभीसी कार्यक्रमको स्विकारोक्तिको एक सटिक प्रमाणपनि हो’, ‘एक्सेस एडभान्सका प्रमुख कार्यकारी अधिकृत पिटर मोलरले भने, ‘हामी ओपोका बहुमूल्य विशेषज्ञता र दृष्टिकोण, उद्योगकै अग्रणी प्याटेन्ट पुल मार्फत उपलब्ध गराउने हाम्रो पहलमा सम्मिलित गराउन निकै उत्साहित छौँ । यसले सरोकारवालाका आवश्यकताको सटिकरुपमा पूर्ति गर्नुका साथै एचईभीसी तथा भीभीसी (निकट भविष्यमा) जस्ता नेक्स्ट जेनेरेशन प्रविधिहरुको अपनत्वमा तिब्रता प्रदान गर्नुका साथै उपभोक्तालाई बृहत्त फाइदा प्रदान गर्नेछ ।’


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *