‘कोड फर चेन्जले’ “टेक कन्क्लेभ (Tech Conclave 2020)” गर्दै

Tech Conclave Nepal

२५ साउन, २०७७ काठमाडौं ।

विगत केहि वर्ष देखिनै प्रविधि संग जोडिएर आफ्नो अध्ययन अध्यापन लाई अगाडि बढाइरहेका विधार्थीहरुका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आइरहेको छ “कोडफरचेन्ज”। हाल लकडाउनको अवस्थामा शैक्षिक क्षेत्रलाई केहि टेवा पुगोस र प्रविधिमा मान्छेहरुको ध्यान केन्द्रित होस् भन्ने अपेक्षाका साथ virtually tech event गर्ने तयारीमा जुटेको छ। “कोडफरचेन्ज” ले यसै वर्ष देखि शुरु हुने गरी ‘Tech Conclave 2020’ आयोजना गर्ने तयारी गरिरहेको छ। लकडाउनले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने टेक्नोलोजीको क्षेत्रमा केहि सहुलियत पुगोस भन्ने उदेश्यका साथ् नेपालमै पहिलोपटक virtual tech event गर्न लागेको हो।

लकडाउनको कारण निष्क्रिय भई बसिरहेका बिधार्थिहरुलाई सक्रिय बनाउनु, विभिन्न व्यवसायका उपाएहरु लिनु दिनु, अनलाइन खेलहरु खेलाएर मानिसहरुलाई मानसिक रुपमा स्वच्छ राख्न मद्दत गर्नु र विभिन्न बिधार्थीहरुले गर्नुभएका परियोजनाहरुको बढुवा गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको “कोडफरचेन्ज” का परियोजना प्रमुख निराजन क्षेत्रीले जानकारी दिनुभयो।

उक्त कार्यक्रम ३ दिन सम्म संचालन हुने र सबै दिनमा हुने क्रियाकलापहरु विशेष गरी प्रविधिलाई बढुवा गराउने खालकै हुने र केहि भने अन्य उपस्थितहरुलाई समेत लक्षित गर्ने गरि हुने क्षेत्री ले बताउनुभयो। कार्यक्रम श्रावण ३०, ३१, र ३२ गते संचालन हुने र हरेक दिन दिउसो १२ बजेदेखि ३ बजे सम्मको समयमा संचालन गरिने गरि तयारि गरिरहेको समेत उहाले बताउनुभयो।

यस संगै उक्त कार्यक्रममा हुने विभिन्न क्रियाकलापहरुमा भाग लिनको लागि दर्ता फारम खोलिसकेको र “कोडफरचेन्ज” को फेस्बुक पेज वा आधिकारिक वेबसाइटमा गई आफ्नो रुचि अनुसारको क्रियाकलापमा फारम भर्न समेत आह्वावन गर्नुभएको छ।फारम भर्न यहाँ क्लिक गर्नुहोस्

Author:  रमेश बि. सी.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here