अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा नेपालको दोस्रो पटक प्रतिस्पर्धा

First Global International
First Global International

काठमाडौं , कार्तिक ७, २०७६ 

स्थापना काल देखि नै रोबोटिक्स एशोसिएसनले नेपालको ईन्जिनियर, आई.टि प्रोफेसनल तथा विद्यार्थीको सिप, क्षमता, शृजनशिलता र नविनतालाई प्रोत्साहन गर्दै रोबोटिक्सको विकासको निम्ति विभिन्न कार्यक्रम गर्दै आएको छ ।

रोबोटिक्स एशोसिएसन अफ नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विभिन्न सहकार्य गर्दै आएको छ । यही सहकार्य स्वरूप First Global International ले दुबईमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा दोस्रो प्रटक प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा यन्त्र ७.० बिजयी टिम UARC-1को मुख्य प्रतियोगी शिशिर सुबेदी, श्रीजन घिमिरे, प्रविन बहादुर थापा, सार्थक सेन, आदित्य ढुंगाना, उमङ्ग रेग्मी प्रतिस्पर्धा गर्दै छन् ।

१४ देखि १८ वर्ष सम्मका बिद्यार्थीले मात्र भाग लिन पाउने यस ओलम्पिक्समा टिम नेपाललाई रोबोटिक्स एसोसिएसन अफ नेपालका सचिब श्री ई. मनोज लेखक र निरज प्रधानले मेन्टर गर्दै हुनहुन्छ र कार्तिक ७ गतेदेखि कार्तिक १० गते १८६ राष्ट्रका प्रतिस्पर्धीसँग नेपालले आफ्नो प्रतिभा बिश्वको सामू देखाउनेछ। कार्तिक ६ गतेनै नेपालको टिम नेपालबाट दुबईका लागि प्रस्थान गर्दै छ र आयोजकहरुसँग भेटघाट गर्नेछन् र सोहि दिन आयोजकहरुले सबै प्रतियोगीलाई प्रतियोगिताको नियमहरुको बारेमा जानकारी प्रदान गर्ने कार्यक्रम छ ।

प्रतियोगिता सबै तयारी पुरा भइसकेको छ र सबै प्रतिस्पर्धीहरु शारीरिक तथा मानसिक रुपमा तयार भइसकेका छन् । प्रतिस्पर्धाको लागि चाहिने रोबोट १५ दिन अघि नै तयार भइसकेको छ । अहिले टिम नेपाल प्रतिस्पर्धामा दिइएको टास्कहरु पुरा गर्ने अभ्यासमा व्यस्त रहेको छ । टिम नेपाल प्रतिस्पर्धामा राम्रो स्थान हासिल गर्नेमा दुक्क रहेको छ अहिलेको हाम्रो लक्ष्य कम्तिमा तेश्रो स्थान हासिल गर्ने रहेको छ ।

हाल प्रतिस्पर्धामा जना लागेको टिमले नेपालको हरेक प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्दै आएको छ , त्यसैले ओलम्पिकमा पनि राम्रो प्रदर्शन गर्नेमा बिश्वस्त छ । यस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा हाम्रो नेपालि रोबोटिक्स समुदायको संलग्नताले नेपालको रोबोटिक्सको स्तर बढाउने रोबोटिक्स एशोसिएसन अफ नेपालको ठहर रहेको छ र आगामी दिनमा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्रतिष्पर्धा गर्न एशोसिएसनले पहल गरिराख्ने छ र नेपाल उपयोगी रोबोटहरुको विकास गर्न सदा झैँ अग्रसर रहनेछ ।

नेपालका इन्जिनियर तथा सुचना प्रविधि प्रोफेसनलको करिअर विकासको निम्ति तालिम , वर्कसप , प्रतिस्पर्धा, यन्त्र कला, विज्ञान र प्रविधि महोत्सव , मिस टेक , नासा स्पेस एप च्यालेन्ज , उज्ज्वल एजुकेसन , अनुसन्धान तथा बिभाग शाखाबाट निस्किने नविनतम खोजहरू एशोसिएसनको आगामी मुख्य कार्यक्रमहरू रहेको छ ।

रोबोटिक्स एशोसिएसन अफ नेपालले अन्तर्राष्ट्रिय स्तरको रोबोटिक्स प्रतियोगिता यन्त्र बिगत ८ वर्ष देखि गर्दै आएको छ । रोबोटिक्स प्रतियोगितामा रोबोट फाइट ९अटोमेटिक तथा म्यानुअल , रोबोट फूटबल तथा दैनिक जीवनमा प्रयोग गर्न सकिने विभिन्न रोबोटहरूको प्रतियोगिता गर्दै आएको छ ।

यिनै प्रतियोगिताबाट नेपालमा रोबोटिक्स इन्जिनियरहरु पैदा गरिरहेको छ । यस्तै प्रतियोगिता हरुको माध्यमबाट इमेज प्रोसेसिङ्ग गर्न सकिने रोबोट , रिमोट कन्ट्रोल रोबोट , अर्को रोबोट डिस्ट्रक्सन गर्न सक्ने रोबोट , स्वचालित रोबोटहरु नेपाली रोबोट इन्जीनियर आफैले बनाउन सक्ने भैसकेको छन् ।

यी प्रतियोगितामा स्कुलका बिद्यार्थी देखि लिएर इन्जिनियरिङ्ग अध्ययनरत ३०० जना भन्दा बढि बिधार्थीहरुले बार्षिक रुपमा सहभागिता जनाउदै आएका छन् । रोबोटिक्स एसोसिएसन अफ नेपालले मानव र मेसिनका बिच भन्ने आफ्नो संस्थाको मुल नाराका साथ आफ्ना विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

आगामी पुस महिनामा रोबोटिक्स एसोसियसन अफ नेपालले यन्त्र बिज्ञान, प्रबिधि र उद्यमशीलता महोत्सव अन्तर्गत अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता९ यन्त्र म्यानुअल अखडा, यन्त्र अटोमेटिक अखडा, यन्त्र नेसनल लिग०, रोबो बिजनेस कप, यन्त्र स्कुल र यन्त्र लर्निङ्ग लगायतका प्रतियोगिता आयोजना गर्दै छ । यस अन्तर्राष्ट्रियस्तर प्रतियोगितामा दक्षिण एसिया लगायत यूरोपियन र अमेरिकी राष्ट्र गरि ८० ओटा इन्जिनियरिङ्ग र उच्च माध्यमिक बिद्यालयका विद्यार्थी समूहको उत्साहाजनक सहभागिता रहने आशा गरिएको छ ।

राष्ट्रिय रोबोटिक्स प्रतियोगिताको रुपमा २०१२ देखि सुरु भएको यस यन्त्र महोत्सबलाई कलाकार, डाक्टर, इन्जिनियर तथा बिद्यार्थीहरुको सम्मेलन गर्ने मञ्च बनाएका छौँ । यस बर्ष यन्त्र ८.० को नारा दिएर अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगिता, श्रीजनशील कम्पुटिंग, कला प्रबिधि प्रदर्शनी , यन्त्र लर्निंग, यन्त्र इन्कुबेसन र यन्त्र किड्स आयोजना हुदैंछ । पूरा कार्यक्रम तीन हप्तासम्म लामो हुनेछ;

के हो रोबोटिक्स एसोसिएसन अफ नेपालरु?

रोबोटिक्स एसोसिएसन अफ नेपाल २०१० मा स्थापना भएको गैर सरकारी संस्था हो । रोबोटिक्सको क्षेत्रमा सिक्ने र सिकाउने साझा चौतारी बनाउनु र रोबोटिक्सको सस्कृतिको विकास गर्नु यो संस्थाको प्रमुख उदेश्य हो । उल्लेखीत उदेस्य प्राप्तिको लागि निम्न कार्यदिशा तय गरेका छौ ।
● नेपालमा रोबोटिक्सको क्षेत्रमा हुने सबैखाले कार्यहरुलाई प्रोत्साहन गर्ने ।
● रोबोटिक्समा गहीरो रुची भएका बिधार्थीहरुलाई सहयोग गर्ने ।
● नेपालमा हुने सबैखाले रोबोटिक्स क्रियाकलापमा सहकार्य गर्ने ।
● रोबोटिक्सको क्षेत्रमा भएका कार्यहरुको लेखा राखी तेस्त कार्यपर्त्रहरु संकलन गर्ने ।
● रोबोटिक्स तथा विज्ञान र प्रविधिको सूचना अदान प्रदान गर्ने माध्यमको रुपमा काम गर्ने ।
● रोबोटिक्स संबन्धित गोस्टी, वोर्कशप, तालिम, पेपर प्रेजेनटेसन आदि आयोजना गर्ने ।
● नेपालमा हुने रोबोटिक्स सम्बन्धि कार्य तथा अनुसन्धानमा हरसम्भव तरिकाले सहयोह गर्ने ।
● रोबोटिक्स संबन्धित अन्तरराष्ट्रिय गतिबिधिहरुमा नेपालको प्रतिनिधित्व गर्ने ।
● रोबोटिक्स सम्बन्धि कार्ययोजना र नियमकानुन बनाउन सहयोग गर्ने ।

माथि उल्लेखित कार्यदिशालाई सफल बनाउन यस एसोसिएसन बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । जसमध्ये तल उल्लेखित कार्यक्रमहरु भब्य तरिकाले सम्पन्न भइसकेका छन् ।
रोबोटिक्स एसोसिएसन अफ नेपालले गरेका कामहरु ;

बि.सं २०११ – बि. सं २०१८;
प्रतियोगिताहरु;
● यन्त्र ३.० – ७.० बिज्ञान, प्रबिधि र उद्यमशीलता महोत्सव सम्पन्न गर्न सफल;
● हरेक वर्ष यन्त्र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रोबोटिक्स प्रतियोगिता सम्पन्न;
● ह्याक द क्वाक स् ९ भुकुम्पबाट बच्नको लागि आइडिया कम्पिटिशन ;
● मिस टेक २०१६ (२०१७ ९९ अमेरिकान राजदुताबास , ईसीमोड, नेपाल दुरसंचार प्राधिकरणसंगको सहकार्यमा सम्पन्न;
● डेरीमेकर कोड ं दिजाईन च्यालेन्ज सम्पन्न ९ वोर्ल्ड बैंक तथा माइक्रोसफ्टको सहयोगमा सम्पन्न;
● नासा अन्तरास्ट्रिय स्पेस एप च्यालेन्ज काठमाडौँ सम्पन्न ९ ईसीमोड तथा मर्सिकोर र नेपाल इन्जिनीर्स एसोसिएसनसंगको सहकार्यमा सम्पन्न ;
● ड्रोन अस ए सर्भिस , बिजनेस इन्कुबेसन प्रोग्राम सम्पन्न ९ नेपाल इन्जिनीर्स एसोसिएसन तथा वी रोबोटिक्ससंगको सहकार्यमा सम्पन्न;
● यन्त्र इ – जी .आर. सी. टेककृति आई .आई. टि. कानपुरसंगको सहकार्यमा सफलता पुर्बक गर्न सफल;
● पोखरा र बिराटनगरमा क्षेत्रीयस्तरको रोबोटिक्स तालिम तथा प्रतियोगिता गराउन सफल;
● मेड इन नेपाल एक्स्पोमा रोबोटिक्स प्रतियोगिता सम्पन्न गर्न सफल;

प्रदर्शनी तथा इवेंट्स;

● अन्तरास्ट्रिय अड्भान्मेंट इन कम्प्युटर इन्टरटेनमेन्ट २०१२ टोक्यो बिश्वबिध्यालयको सहकार्य गर्न सफल;
● काठमाडौँ मिनि मेकर फेएर २०१६, २०१८ ९ अमेरिकन राजदुताबास , नेपाल कमुनिटर , वोर्ल्ड भिजन संगको सहकार्यमा गर्न सफल;
● भविष्य २०७४ – २०७५ बिज्ञान तथा प्रबिधि मन्त्रालय , कारखाना , वोर्ल्ड भिजन, नास्ट तथा नेपाल आर्मीसंगको सहकार्यमा गराउन सफल

तालिमहरु;
● अमेरिकन एम्बेसी संगको सहकार्यमा ७ ओटा जिल्ला ९काठमाण्डौ, पोखरा , इलाम, बिराटनगर , धनगडी, सुर्खेत, भैरहवा ० मा पाँच दिने हार्डवेयर, सफ्टवेयर तथा बिजनेस सम्बन्धि तालिम सम्पन्न;
● नेपाल टेलीकम्युनिकेसन प्राधिकरणसंगको सहकार्यमा गल्स क्यान फ्लाई सम्पन्न;
● इसीमोडसंगको सहकार्यमा ८५ जना इन्जीनियर, आइ।टि, फोरेस्त्री, कृषि , बातावरणका छात्राहरुलाई ‘‘Empowering Women In GIT ‘ ४ दिने कार्यक्रम गर्न सफल;
● एरो स्पेस इन्डियासंगको सहकार्यमा आर। सी एरोप्लेन वोर्कसप गर्न सफल;
● गो गर्ल्स वोर्कसप सिरिज ९५ ओटा सिरिज गर्न सफल;
● हरेक वर्ष देश ब्यापी हार्डवयेर प्रोगरम्मिंग वोर्कसप सम्पन्न;
● ३ डी प्रिन्टिंग वोर्कसप;
● ड्रोन वोर्कसप र अन्य;

भुकुम्पको बेलामा गरिएको कार्य; 
● लाईट अफ होप स् सोलार तालिम तथा वितरण कार्यक्रम सम्पन्न ९ ४२० ओटा सोलार सिस्टम ७ ओटा भूकम्प प्रभावित जिल्लामा वितरण

प्रोजेच्ट्सहरु;
● बाढी जानु अघि अल्राम दिने सिस्टम मर्सी कोर संगको सहकार्यमा बनाउन सफल;
● स्विस कन्ट्याक्ट तथा देवलपमेन्ट भोएज संगको सहकार्यमा स्वोचालित डी हस्किंग मसिन बनाउन सफल;
● फरेन एक्सचेन्ज डिस्प्ले गर्ने इलेक्ट्रोनिक मेसिन बनाउन सफल;
● ट्यांकीमा पानीको मात्रा पत्ता लगाउने मेसिन बनाउन सफल;
● मौसमको गतिबिधि तथा त्यसको बारे सूचना दिने सिस्टम बनाउन सफल;
● यु यान डी पीसंगको सहयोगमा प्लास्टिक रि साई क्लिंग प्रोजेक्ट

सहकार्यहरु
● यु यान डी पी सँगको सहकार्यमा नेपालमा ‘Technology for Public Services and Development’ कार्यक्रम गर्न सफलस बिश्वको पहिलो नागरिकता प्राप्त गर्ने रोबोट सोफिया लाई नेपालमा ल्याउन सफल ।
● अन्तरप्रेरणासंगको सहकार्यमा क्रियातिब बिजनेस कप गर्दै ।
● अमेरिकन एम्बेसी, क्युस्तब कोव , कारखाना र शृजनालयको सहकार्यमा ‘इन्नोभेसन फर एजुकेशन’ फैर गर्न सफल ।
● तमासेक होल्डीन्गलेृ सिंगापुरमा रहेको कम्पनि ‘ भारतमा गर्न लागेको ‘IOT India’ मा नेपालबाट कन्ट्री पार्टनर बन्न सफल ।
अन्य 
● हरेक वर्ष नेपालभरि ५० भन्दा बढि सदस्यहरु बनाउन सफल ।
● बिभिन्न इन्जिनीरिंग’ कलेजमा रोबोटिक्स क्लबको स्थापना ।
● कलेजस्तरीय हार्डवेयर प्रबर्शनी सहकार्य सम्पन्न ९ आई. ओ . ई , पुल्चोक , अडभान्स इन्जिनीरिंग कलेज , हिमालयन कलेज ओफ इन्जिनीरिंग, के. इ. सी धापाखेल , कालिमाटी ।
● नाडा अटो शोमा नेपालमै बनेको रोबोटको प्रदर्शनी ।
● एसएलसी तथा प्लस टू दिएका विद्यार्थीहरुलाई एल टू एल क्लास संचालन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here