करदाता प्रोत्साहन उपहार: भदौ महिनाका ३३ विजेताहरूको नाम आज सार्वजनिक हुँदै
१ असोज, काठमाडौं।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षदेखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाका विजेताहरुका नाम आज सार्वजनिक गरिँदैछ।
आन्तरिक राजस्व विभागको सभाहलबाट विजेताको नाम घोषणा गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। आज भदौ महिनाभरिका ३१ जना १ लाख विजेता र दुईजना बम्पर विजेताको नाम सार्वजनिक गरिनेछ।
भोटेकोसी बाढीका कारण भदौ १६ गतेकाे उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो । आज भदौ महिनाका ३१ जना एक लाख र २ जना बम्पर गरी ३३ जना विजेता घोषणा गरिने आन्तरिक राजश्व विभागले जनाएको छ ।
For More: Taxpayer Incentive Award Winners

