सिन्धुली जुनारको (मीठो सुन्तला) ब्लकचेन फूड ट्रेसिएबिलिटी ट्रायलमा किसानहरू!

Sweet Orange Farmers
Share It On:

काठमाडौं , कात्तिक १९ गते।

यस वर्ष सिन्धुलीको जुनार (Sweet Orange) ब्लकचेनमा-आधारित आपूर्ति श्रृंखला ट्र्याकिंग सफ्टवेयर, एग्रीक्लिअर (AgriClear) प्रयोग गरी ट्र्याक गरिनेछ। यो पहिलो पाइलट प्रोजेक्टमा जुनार टिपेको  मिति देखि ग्राहकहरूलाई पुर्‍याउने सम्मको जानकारी ट्र्याक गरिनेछ। यसले जुनारको  उत्पादन कहाँ भएको , सहकारीको नाम, टिपेको  मिति, वितरकको नाम, प्रशोधन मिति, फूड माईल, प्याक गरिएको मिति जस्ता जानकारी ट्र्याक  गर्दछ। यस पाइलट प्रोजेक्टमा चिसापानी जुनार उत्पादक सहकारी संस्था, सिन्धुलीसँग सम्बन्धित जुनार फार्महरू सामेल छन्। किसान र सहकारीले जुनारको उत्पादन कहाँ भएको, फल विवरण, फार्म नाम, र प्लक मिति जस्ता डाटा रेकर्ड गर्नेछन्। ग्रीन ग्रोथले जुनारको प्रोसेसिंग मिति, प्याक गरेको मिति रेकर्ड गरी जुनारमा क्यु आर  कोड ट्याग लगाउने छन्।अन्तमा, जब उपभोक्ताहरू ग्रीन ग्रोथ मार्फत जुनार अनलाइन खरीद गर्छन, वहाहरुले जुनारको साथ आउने क्यु आर कोड स्क्यान गरीआफ्नो मोबाइल फोनमा यी सबै जानकारीहरू हेर्न सक्नेछन्। यस पायलट प्रोजेक्टको उद्देश्य जुनार आपूर्ति श्रृंखला प्रक्रियालाई पारदर्शी र ट्र्याकेबल बनाउनु हो।

इसत्य (eSatya) र Green Growth ko सहकार्यमा यो पहिलो ब्याचको जुनार ट्र्याकिंग सुरु गरिएको छ। यो पाइलट को लागि जुनार सुपर जोनका कृषि विशेषज्ञले प्राविधिक पक्षमा एग्रीक्लियरलाई सहयोग पुर्‍याएका छन् भने चिसापानी सहकारीले कृषकहरूसँग जोडिन सहयोग पुर्‍याइरहेको छ।  यसमा ‘Baato’ को पनि संग्लनता हुने छ।  बाटोले यसको कलाउड-आधारित जियोस्पाटियल सेवा द्वारा फूड माइल मापन गर्न सहयोग गर्नेछ। फूड माइल कृषि उत्पादनहरुमा एक महत्वपूर्ण मेट्रिक हो किनकि यसले खाना फार्म बाट उपभोक्ताहरु सम्म पुग्ने यात्रा र यसमा लाग्ने खर्चको मापन गर्छ।

चारैतिरको अन्धकार लाई मेटाएर उज्यालो र हर्षोल्लास फैलाउदै तिहारको र छठ पर्व नजिकिदै गर्दा हामी सबै नेपालीहरु यस कोभीड-१९ को महामारी सङ्ग जुद्धै धेरै भन्दा धेरै सतर्कता अपनाउदै तिहार मनाउने तयारीमा जुटेका छौँ। चाडबाड को बेला आफ्नो प्रियजन हरुलाई उपहार दिने हाम्रो चलन भएकाले यस मौसममा फलफूलको माग अत्यन्तै व्रिद्धि हुन्छ।  यस विषम परिस्थितिमा  घरमै बसेर अन्य उपहारका साथै जुनारजस्तो भीटामीन र खनिजले सम्रीद्ध फल जसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्छ, त्यस्तो फललाई हाम्रो उपहारको थालीमा समावेश गर्नु राम्रो विकल्प हो। के घरमै बसेर सिन्धुलीको मिठो र ताजा जुनार किन्न सकिन्छ त? के ती जुनार साँच्चिकै सिन्धुलीको उत्पादन हुन्? म कसरी यस बारे पक्का हुन सक्छु? घरमै बसेर लेबल प्रयोग गरिएको जुनार जसमा टिपेको मिती देखि तपाईंको घरसम्म आइपुग्दा सम्मको सबै जानकारी प्राप्त भए कति चाखलाग्दो हुन्थ्यो होला!

मीठो सुन्तला (सिट्रस सिनेनसिस) जुन स्थानीय रूपमा “जुनार” भनेर चिनिन्छ एक सिट्रस र अत्यधिक पौष्टिक फल हो जुन भिटामिन र खनिजहरूले समृद्ध छ। यो विशेष गरी नेपालको सिन्धुली जिल्लामा उत्पादन गरिन्छ। सिन्धुलीमा उत्पादन गरिने जुनारको विशेष पहिचान छ र यसलाई “सिन्धुली को जुनार” को रूपमा  चिनिन्छ र देशभर यसको उच्च माग पनि छ। सिन्धुलीमा जुनार खेतीले स्थानीय किसानहरुलाई आयको राम्रो स्रोत पनि प्रदान गर्दछ।

नेपालमा जुनारको माग, आपूर्ति, उत्पादन, जुनार कहाँ आपूर्ति हुन्छ, फुड  माईल, कहाँ भण्डार गरिएको थियो, वितरक को हुन्, र यस्तै अन्य डाटाको अभाव छ। नेपाली जुनार आपूर्ति श्रृंखला तथ्यांकमा आधारित नभई व्यक्तिगत नेटवर्किंग र अन्तर्ज्ञानमा बढी निर्भर छ। साथै, गुणस्तरको समस्याले नेपाली फलफूललाई विदेशी बजारमा प्रवेश गर्न चुनौतिपूर्ण भएको छ जसले किसानहरूले सम्भावित रूपमा दोब्बर लाभ लिन सक्छन्। २०१२ मा चीन र नेपालले सिट्रस फलहरू चीनमा निर्यात गर्न प्रोटोकलमा हस्ताक्षर गरे पनि यो गुणस्तर नभएको भनि निर्यात गर्न सक्षम हुन भने सकिएन। कृषिजन्य उत्पादनहरूको गुणवत्ता समस्याहरू कम गर्न हामीले  उत्पादन देखिका जानकारी टिपोट गरेर उत्पादनहरूको गुण राम्रो भएको प्रमाणित गर्न सक्छौं।

‘सिन्धुली को जुनार’ को लागि बजार मूल्य उच्च छ र केही वर्षदेखि बढ्दो पनि छ, तर यसको प्रामाणिकताको जानकारी विक्रेताबाट मात्र प्राप्त गर्न सकिन्छ। डाटाको अभाबमा जुनार  कहाँबाट आयो, यसको गुणस्तर, ताजापन, र वास्तविक मूल्यको कुनै ठोस प्रमाण हुदैन। तसर्थ यस परियोजनाले जुनारको समग्र जानकारीलाई ब्ल्याकचेनमा ट्र्याक गरी र टेम्पर प्रूफ डाटा सिर्जना गर्ने लक्ष्य राखेको छ जुन किसान, सहकारी, वितरक, सरकारी संस्था, गैरसरकारी संस्था, विकासकर्ता एजेन्सीहरू र उपभोक्ताहरूका लागि पनि फाइदाजनक छ। समग्रमा, जुनारको  जानकारीहरु ट्र्याक गरेर यसको प्रामाणिकता, गुणस्तर, बजार प्रवृत्ति, र निर्यात क्षमता पनि सिर्जना गर्न सकिन्छ।

हामी २०२१ मा जुनार ट्र्याकिङ्ग प्रोजेक्टको दोस्रो पाइलटको योजना पनि बनाउदै छौं जहाँ उत्पादन चरण देखि सम्पूर्ण जानकारी एग्रीक्लेयर प्रयोग गरी ट्र्याक गरिनेछ। हामी पहिलो पाइलट प्रोजेक्टका सबै चुनौति र समस्याहरूको पनि विश्लेषण गरी त्यसका समाधानहरू कार्यान्वयन गर्नेछौं।

एग्रीक्लेयर एक ब्लकचेन-आधारित सफ्टवेयर हो जुन कृषि र आपूर्ति श्रृंखलामा समावेश गतिविधि र लागतहरू ट्र्याक गर्न र रेकर्ड गर्न प्रयोग गरिदै आएको छ। यो सफ्टवेयरले कृषि उत्पादनमा पारदर्शिता ल्याउनका लागि उत्पादन, प्रशोधन, र वितरण को सुरु देखि अन्तसम्म को जानकारीहरु रेकर्ड गर्दछ। आफूले खरिद गर्न लागेको बस्तुको सम्पूर्ण बिवरण  पत्ता लगाउन सकिने यो पारदर्शि प्रमाणले ग्राहकहरुलाई आफूले किनेको उत्पादनहरुमा विश्वास बढाउछ र किसानहरुलाई उचित मूल्य प्राप्त गर्ने अवसर प्रदान गर्छ। यो सफ्टवेयर द्वारा प्रयोगकर्ताहरूले  सम्बन्धित क्यु आर कोड स्क्यान गरेर कृषि उत्पादनहरुको फार्मबाट डेलिभरीसम्मको जानकारी जस्तै फूड  माईल, प्रयोग गरिएको मल र किटानशक औषधि, उत्पादन भित्रयिएको मिति, भण्डारण, र प्रशोधन गतिविधिहरू, वितरण च्यानलहरू, र अन्य जानकारीको बारेमा जान्न सक्दछन्।

ग्रीन ग्रोथ एक अनलाइन कृषि व्यवसाय हो जसले प्रामाणिक र सुरक्षित स्थानीय उत्पादनको बजारीकरण गर्दछ। यो २०१५ को भारतको नाकाबन्दी पछि सुरु गरिएको थियो। ग्रीन ग्रोथले अहिलेसम्म ३५ भन्दा बढी स्थानीय फार्महरू र स्थानीय एसएमईहरूसँग एक मजबूत नेटवर्क निर्माण गरी १५०० भन्दा बढी उपभोक्ताहरूलाई सेवा दिइरहेको छ। ग्रीन ग्रोथले आफ्नो सेवाहरु प्रदान गर्नका लागि सिन्धुली जुनार उत्पादन सहकारी संस्था – सिन्धुली र पाताले गाउँ अर्गानिक फार्म-काभ्रे जस्ता संस्थानहरूसँग सम्मिलित छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *