सनराइज बैंकले सुरु ग¥यो कार्डलेस भुक्तानी सेवा, कार्ड नभए पनि एटीएमबाट पैसा झिक्न सकिने

Cardless withdrawal

६ साउन २०७८ काठमाडौं ।

सनराइज बैंकले कार्डलेस भुक्तानी सेवा सुरु गरेको छ । बैंकले आफ्ना सेवाग्राहीको सहजताका लागि यस्तो सेवा सुरु गरिएको जनाएको छ ।

डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सन्राइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सकिने बैंकले जनाएको छ ।

यो सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो सनराइज स्मार्ट प्लस मोबाइल बैंकिङ्ग प्रयोग गरी कार्डलेस विथड्रमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सवमिट गर्नु पर्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यति गरे पछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा आएको ओटीपी प्रयोग गरी रकम झिक्न सकिनेछ । यस प्रकृयामा ओटीपी कोडा गोप्य राख्न बैंकले आग्रह गरेको छ ।

यो प्रबिधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अबस्थामा पनि मोबाइल बैंकिङ्ग प्रयोग गरेर एटीएमबाट सजिलै रकम झिक्न सकिने छ ।

सनराइज बैंकले यस अघि मिस्ड कलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेको १६१ वटा एटीएम बुथबाट लिन सक्ने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here