०९ माघ २०७६, काठमाडौं ।
सनराइज बैंक लिमिटेड तथा सिर्जना फाइनान्स लिमिटेडको संचालक समितिहरुका बैठकको निर्णयानुसार माघ ८ गते सनराइज बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (acquisition) गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर सम्पन्न भयो ।
सहमति अनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञ लाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले सिफारिश गरेको प्रति शेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारण सभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्स लिमिटेडका विद्यमान शेयरधनीहरुलाई निजहरुले धारण गरेको शेयर वापत स्वीकृत अनुपात अनुसार सनराइज बैंक लिमिटेडको शेयर दिईने छ ।
सनराइज बैंक लि. नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त गरि देशभर १३० बटा शाखा तथा ८ वटा एक्स्टेन्सन काउन्टर भएको बैंक हो भने सिर्जना फाइनान्स लिमिटेड बिराटनगरमा प्रधान कार्यालय रहि मोरङ्ग, सुनसरी र सप्तरी गरि ३ जिल्लामा कार्य क्षेत्र रहेको २१ वटा शाखा भएको फाइनान्स कंम्पनी हो ।
गत पौष मसान्तको प्रकाशित वित्तीय विवरण अनुसार सनराइज बैंक लिमिटेडको कूल निक्षेप करिब रु. ८५ अर्ब, कर्जा लगानी करिब रु.७८ अर्ब रहेकोमा सोही अवधिमा सिर्जना फाइनान्स लिमिटेडको निक्षेप तथा कर्जा क्रमशः करिब ७अर्ब ३१ करोड र करिब ६ अर्ब ३१ करोड रहेको समावेश गर्दा बैंकको निक्षेप करिब ९२ अर्ब ३१ करोड र कर्जा ८४ अर्ब ३१ करोड पुग्नेछ भने प्राप्ति पश्चात बैंकको पँहुच तथा व्यवसाय क्षमतामा व्यापक बढोत्तरी हुनुका साथै नेपाली अर्थतन्त्रमा बैंकको उपस्थिति बढी सबल रहन गई सबै पक्षलाई लाभदायक हुने बैंकले जनाएको छ।