सनराइज बैंकको १२१ औं  शाखा काठमाडौंको बानेश्वरमा

Sunrise Bank Ltd. New Baneswor Branch Opening
Share It On:

काठमाडौं, भाद्र १०।

आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले बानेश्वरमा १२१औँ शाखा संचालनमा ल्याएको छ ।सोमबार आयोजित औपचारिक कार्यक्रमा बैंकको अध्यक्ष श्री मोतीलाल दुगड र संचालक समितिका सदस्यहरु श्री ई. बच्छ राज तातेड र श्री शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नु भयो ।

सोहि कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १० को अध्यक्ष श्री रामकुमार के. सी र श्री शारदा शर्मा पुडासैनीले ए. टि. एम.उद्घाटन गर्नु भएको थियो। उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालका साथै अन्य पदाधिकारीहरु को पनि उपस्थिति रहेको थियो।

हाल सम्म सनराइज बैंकले १२१ वटा शाखा, ३८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४१ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *