सन्राइज बैंकको नवलपुरको मदनपुरमा र पिथौलीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

Sunrise Bank branch office in Nawalpur
Share It On:

७ पौष, २०७६ काठमाडौं ।

सन्राइज बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ नवलपुरको मदनपुरमा ४१ औं र पिथौलीमा ४२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
पुस ४ मा बफर जोन युुजर कमिटीको अध्यक्ष दोमन भण्डारी र कुमारवर्ती बिद्यालयको प्रधानाध्यापक दर्शन राज अमात्यले संयुक्त रुपमा एक समारोहका बीच मदनपुरमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभयो ।
सोही दिन कावासोती नगरपालिकाको अध्यक्ष खेम प्रसाद काफ्ले, शान्ति निकुन्ज उच्च माध्यमिक बिद्यालयको प्रधानअध्यापक हरि प्रसाद न्यौपानेले संयुक्त रुपमा एक समारोहका बीच पिथौलीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभयो । कार्यक्रममा बैंकका प्रदेश ४ का प्रमुख रबिन्द्र के.सी ले बैंकले कृषि क्षेत्र तथा महिला उद्यमीलाई सघैं प्रोत्साहन गर्न पहल गर्दै आएको र आगामी दिनहरुमा पनि बैंक मार्फत उक्त कार्यहरु निश्चित रुपमा प्रदान गर्ने प्रतिबद्घता व्यक्त गर्नु भयो ।
हालसम्म सन्राइज बैंकले १२८ वटा शाखा, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरुमा विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts