सन्राइज बैंकको १५औं वार्षिकोत्सवमा नेपाल बाल संगठनका बाल बालिकालाई नयाँ लुगा सहयोग

sunrise bank Bal Mandir support

६ असोज २०७९ काठमाडौं।

सन्राइज बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरका बालबालिकालाई नयाँ लुगा सहयोग गरेको छ ।

बिहिबार नक्साल स्थित नेपाल बाल संगठनमा भएको एक कार्यक्रममा बैंकका निर्देशक शारदा शर्मा पुडासैनीले नेपाल बाल संगठनका अध्यक्ष श्रीमती विद्या न्यौपानेलाई उक्त सामानहरु हस्तान्तरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा लगायत बैंकका उच्चपदस्त अधिकारीहरुको समेत उपस्थित रहेको थियो ।

सधै झै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा आदि वितरण गदै आएकोमा बैकले यस वर्ष आउँदै गरेको दशैंलाई मध्यनजर गरी बालबालिकाको लागि नयाँ कपडा सहयोग गरेको छ ।

बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने बैंकका निर्देशक श्रीमती शारदा शर्मा पुडासैनीले बताउनु भएको छ ।

बैकले १५औ वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा बिभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव भव्यताको साथ मनाउदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here