सनराइज बैंकको ७४ औं शाखारहित बैंकिङ्ग सेवा फक्ताङलुङ

Sunrise Bank 74th Branch
Share It On:

२ वैशाख २०७७, काठमाडौं ।

सनराइज बैंक लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं.–३, सिवा, ताप्लेजुङ्गमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७४ पुगेको छ । बैंकले खोलेको सो शाखारहित बैंकिङ्ग सेवाको ब्यवसाय प्रतिनिधिका रुपमा श्री पदम बहादुर बुढाथोकीलार्ई नियुक्त गरेको छ ।

बुधवार, मिति २०७८ / ०१ / ०१ मा आयोजित शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रम फक्ताङलुङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री आइतराम लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा फक्ताङलुङ वडा नं. ३ का वडा सदस्य श्री तेजविर लिम्बु, सिवा माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री ओमनाथ गौतम, स्थानिय ब्यबसायी तथा समाजसेवी अग्नी प्रसाद सिग्देल, सन्राइज बैंक लि. फुङलिङ शाखाका शाखा प्रबन्धक  ध्रुब प्रसाद बाँस्कोटा र शाखाका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७४ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैंकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *