सनराइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न

sunrise bank 15th Annual General Meeting

४ असार, काठमाडौं ।

सनराइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा मिति २०८० आषाढ ०३ गते बैंकका संचालक समितिका अध्यक्ष श्री मोतीलाल दुगडज्यूको सभापतित्वमा सम्पन्न भयो ।

उक्त साधारण सभाले आ.व.२०७८ / ७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात तथा आ.व.२०७८ /७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन सहितका साधारण प्रस्ताव सहित सन्राइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरेको छ ।

प्रस्ताब अनुरुप सन्राइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताब पारित गरिएको छ।

आइतबार सम्पन्न साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here