सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किएर दुर्घटना: एक विदेशीको मृत्यु, घाइते नेपाल मेडिसिटी ल्याइयो
१७ कात्तिक, काठमाडौं।
सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार अवतरण (ल्यान्डिङ) गर्ने क्रममा फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टरहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनामा फिस्टेल एयरका यात्रु रहेका एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका अर्का व्यक्तिको प्राथमिक उपचारपछि प्रभु हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ।
मेडिसिटी अस्पतालका अनुसार घाइतेलाई आवश्यक सबै प्रकारका स्वास्थ्य सेवा तथा आकस्मिक उपचार उपलब्ध गराउन टोली तयारी अवस्थामा राखिएको छ।

