सिन्धु विकास बैंकको मोवाइल बैंकिङ सुरु

Share It On:

सिन्धु विकास बैंक र हाम्रो टेक्नोलोजी प्रा. लि. बीच स्मार्ट मोवाइल बैंकिङ (mBank) सेवा सुरु गर्ने बारे सम्झौता भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र हाम्रो टेक्नोलोजीका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार अब बैंकका ग्राहकले मोबाइलका बैंकिंग सुबिधा अन्तर्गत खाताको ब्यालेन्स सोधपुछ, मिनि स्टेमेन्ट जानकारी, कारोबारको यस. यम. यस. अलर्ट, एप नोटिफिकेसन, फन्ड ट्रान्सफर, चेक अनुरोध, चेक रद्द, बैंक शाखाहरुको GPS Map Location र बिबरण, Product, सेवा तथा सुबिधाहरुको बिस्त्तृत जानकारी लगायत कार्डलेस एटिम क्याश भुक्तानी सुविधा आफ्नो मोवाइलमै पाउनेछन्। साथै नेपाल टेलिकम, एनसेल, स्मार्टसेलका रिचार्ज, ल्याण्डलाईन फोन, इन्टरनेट, केबल टिभि, बिजुली बत्ति, खानेपानीको बिल भुक्तानी र आन्तरिक हवाई टिकट बुक समेत मोवाइलबाटै २४सै घण्टा घरमै बसी बसी सहज तथा सुरक्षित तरिकाले गर्न सकिने छ।

साथै बैंकका ग्राहकहरुले कुनै पनि NCHL Member बैंकहरुमा सजिलै आफ्नो मोबाईल बाटै रकमान्तर गर्नुको साथै विभिन्न eWallet हरुमा पैसा लोड पनि गर्न सक्नेछ| सिन्धु विकास बैंक राष्ट्र बैंकबाट “ख” बर्गको इजाजत प्राप्त सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंक हो जसले आफ्नो १६ शाखा मार्फत ६८ हजार ग्राहकलाई सन् २०१० देखि सेवा दिँदै आएको छ। हाम्रो टेक्नोलोजी सन् २०१६ मा सञ्चालनमा आएको कम्पनी हो। यसले हालसम्म दुई सय भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुलाई मोवाइल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts