सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’: बिना धितो १५ लाखसम्म ऋण पाइने
२७ असार, काठमाडौं।
नेपालमा महिला नेतृत्वमा सञ्चालित व्यवसायहरूलाई प्रोत्साहन गर्ने र उनीहरूको वित्तीय पहुँच सरल बनाउने उद्देश्यले सिद्धार्थ बैंक लिमिटेडले एक विशेष कर्जा योजना ल्याएको छ।
बैंकले महिला स्वामित्व वा नेतृत्वमा रहेका लघु, साना तथा मझौला उद्यम (MSMEs) हरूलाई लक्षित गर्दै ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सञ्चालनमा ल्याएको हो।
यस नवीन कर्जा योजनाअन्तर्गत महिला उद्यमीहरूले आफ्नो व्यवसाय विस्तारका लागि विभिन्न चरणमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्:
बिना धितो कर्जा: १५ लाख रुपैयाँसम्म
आंशिक धितो कर्जा: २५ लाख रुपैयाँसम्म
पूर्ण धितो कर्जा: ५० लाख रुपैयाँसम्म
धितो होइन, व्यवसायको सम्भावनालाई प्राथमिकता
यस कर्जाको सबैभन्दा ठूलो विशेषता यसको मूल्यांकन प्रणाली हो। सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (IFC) को प्राविधिक सहयोगमा एउटा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको छ।
परम्परागत बैंकिङ्ग प्रणाली जस्तो धितोलाई मात्र मुख्य आधार नबनाई यस प्रणालीले निम्न पक्षहरूको समग्र विश्लेषण गर्नेछ:
-
व्यवसायको प्रकृति र सम्भावना
-
व्यवसाय सञ्चालनको अनुभव
-
वित्तीय अवस्था र नगद प्रवाह (Cash Flow)
-
महिला उद्यमीको कार्यक्षमता
यो व्यवस्थाले गर्दा पर्याप्त धितो नभएकै कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने नेपाली महिला उद्यमीहरूको बाध्यताको अन्त्य हुने बैंकले विश्वास लिएको छ।
For more: Siddhartha Mahila Samriddhi Karja


