सिद्धार्थ बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा १० प्रतिशत छुट
१९ असोज, काठमाडौं।
सिद्धार्थ बैंक र नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टर बिच बैंकका ग्राहक महानुभावहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार महाराजगंज काठमाडौंस्थित नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरू मार्फत सम्पर्क गर्न सकिनेछ ।
For More: Siddhartha Bank National Path Lab

