२१ जेठ, काठमाडौं ।
सिद्धार्थ बैंक र गोल्डेन हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेड (दर्ता कार्यालय जनपथ टोल–११, विराटनगर) का प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंक (केन्द्रीय कार्यालय नक्साल, काठमाडौं) का विराटनगर शाखा प्रबन्धक सूर्य प्रसाद शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
#सिद्धार्थबैंक #गोल्डेनहस्पिटल #छुटसेवा #विराटनगर #डिजिटलबैंकिङ #ग्राहकसेवा #नेपालबैंकिङ #स्वास्थ्यसेवा #बैंकहस्पिटलसाझेदारी #ICTFrame