शिखर इन्स्योरन्सले ल्यायो साईलेज उत्पादनको बीमालेख योजना

Shikhar Insurance Launches Silage Coverage for Nepali Agriculture
Shikhar Insurance Launches Silage Coverage for Nepali Agriculture

१८ साउन, काठमाडौं । 

शिखर इन्स्योरेन्सले पशु आहारकाे रुपमा प्रयाेग हुने घाँसकाे सुरक्षित भण्डारण गर्ने प्रविधि साईलेजलाई लक्षित गर्दै नयाँ बीमालेख प्रचलनमा ल्याएकाे छ। नेपालमा साईलेज बनाउन मिल्ने बाली र बालीबाट साईलेजको उत्पादनको बीमालेख  शिखर इन्स्योरेन्सले शुरू गरेको हो।

साईलेज बीमाले साईलेज बनाउन लगाईने बालीको लागत मूल्यको आधारमा सुरक्षण गर्दछ । त्यसैगरी कृषकले सिलो झोला, सिलो पिट वा ड्रम जस्तो विधिबाट भण्डारण गरी साईलेज बनाउने प्रकृया सुरू गरे पश्चात सो भण्डारणको समेत बीमा गर्न मिल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका रिसर्च एण्ड डेभलपमेन्ट विभागका प्रमुख महाप्रबन्धक उदित प्रसाद काफ्ले अनुसार नेपाली माटोको उत्पादन सुरक्षण गर्ने र नेपालीको जोखिम पहिचान गर्दै आवश्यकता अनुसारको बीमालेखहरू बजारमा ल्याउने उदेश्य सहित यस कम्पनीले साईलेज बाली बीमालेख सुरू गरेको हो ।

साथै कम्पनीका बजार विभागका वरिष्ठ महाप्रबन्धक पुष्कर महतका अनुसार नेपाल सरकारले प्रशोधित घाँसको व्यवसायीक उत्पादन र निर्यातका लागि बाटो खुला गरे पनि व्यवसायीक उत्पादनलाई प्राेत्साहन नमिल्दा घाँस उत्पादकले भने निर्यातका लागी प्रयाप्त  घाँस उत्पादन हुन नसकेकाे गुनासाे गर्दै आएकाे जानकारी दिए ।

साईलेजको गुण धेरै र मुल्य पनि कम भएको कारण कृषि लागत कम गर्ने हेतुका साथ नेपालमा साईलेजको सम्भावना र माग समेत धेरै छ। हाल नेपालबाट उत्पादन र प्याकेजीङ्ग गरी अन्तराष्टिय बजार समेत बनाउन सकेको साईलेजको अब बीमा गर्न सकिने भएको छ ।

नेपालमा कृषि बीमामा बिकाश र कम्पनीबाट जारी बीमालेखको बमोजिम परेका दाबी, दावीको व्यवस्थापन र फर्छौट गरेको आधारमा नेपाल सरकार कृषि विभाग र विश्व खाद्य संघठनले ४२ औं विश्व खाद्य दिवसको अवसरमा कृषि बीमा र दाबी फर्छ्यौट गर्ने उत्कृष्ट बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्सलाई सम्मान समेत गरिएको थियो ।

हरियो घाँसबाट पोषकत्तव र घाँसको मौलिक गुणहरू नष्ट नहुने गरी धेरै समयसम्म भण्डारण गरी हिउदमा वा कृषकको आवश्यकता अनुसार प्रयोग गर्ने हेतुको साथ हावा नछिर्ने गरी प्याकेजिङ्ग गरी राखीएको पशु आहारालाई साईलेज भनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here