राष्ट्रिय विपद्मा शंकर ग्रुपको ४ करोड सहयोग, २५०० थान टेन्ट पनि उपलब्ध
१५ भदौ, काठमाडौं।
यस विपद्मा ज्यान गुमाउनुभएका सबै दिवङ्गत आत्माप्रति शंकर ग्रुप परिवार गहिरो श्रद्धाञ्जली अर्पण गर्दछ। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै हामी ईश्वरसँग प्रार्थना गर्छौं कि यो दुःखको घडी उहाँहरूले धैर्यका साथ पार गर्न सक्नुहोस्। हराइरहनुभएका सबैजनाको सकुशल फिर्ताको कामना गर्दछौं।
यस सङ्कटको घडीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक दाजुभाइ-दिदीबहिनी तथा सरकारी अधिकारीहरूले अत्यन्त तत्परताका साथ उद्धार तथा राहत कार्यमा खटिनुभएकोमा शंकर ग्रुप परिवारको तर्फबाट हार्दिक आभार र सम्मान व्यक्त गर्दछौं।
विपद्पीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले शंकर ग्रुपका निर्देशक श्रीमती दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले आज माननीय अर्थमन्त्रीज्यूलाई प्रधानमन्त्री राहत कोषमा रु. ४ करोड को चेक हस्तान्तरण गर्नुभएको छ।
यसका साथै विपद्को तेस्रो दिनमै शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका मुख्य जिल्ला अधिकारीज्यूमार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि रु. २५ लाख बराबरका २,५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको छ।
शंकर ग्रुप सधैं विश्वास गर्छ — राष्ट्रिय सङ्कटको बेला सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु हाम्रो दायित्व हो। यो दायित्व भविष्यमा पनि निरन्तर निर्वाह गर्ने हामी प्रतिबद्धता व्यक्त गर्दछौं।
For more: Shanker Group Contributes NPR 40 Million

