सांग्रिला डेभलपमेन्ट बैंक र खल्ती बिच भुक्तानीका लागि सम्झौता
असार ५, २०७६,काठमाडौं
‘सांग्रिला डेभलपमेन्ट बैंक’र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सेवाप्रदानगर्नका लागिसम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंककातर्फ बाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले बिहिबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
यस सम्झौता अनुसार अबसांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नु हुनेछ । साथै, असार मसान्त भित्र बैंकका हाल संचालनमा रहेका ८५ वटै शाखाहरुका काउन्टरबाट डिपोजिट फर्म भरेर खल्तीमा पैसा लोड गर्न सकिनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
उक्त सम्झौताको बारेमा बोल्दै सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले भन्नुभयो,
“हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्तगर्न सक्नु हुनेछ । हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरु माझखल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ ।यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ।”
त्यसै गरी खल्तीका निर्देशक ध्रुब अधिकारीले भन्नुभयो,
“हामी सांग्रिला डेभलपमेन्ट बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब सांग्रिला डेभलपमेन्टका ग्राहकहरुले बैंकबाट नगद झिकि राख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले बैंकबाट सिधै ‘खल्ती’मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिप सँगै हामीलाई खल्ती नगद पैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।”
सन २०१७, जनावरी २६ बाट नेपाली बजारमाआरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो। खल्तीको मोबाईल एपतथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डीटीएचको बिलभुक्तानी, बिमा शुल्कभुक्तानी,फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्यथुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्तीप्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढि रहेको छ ।



