ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला

Huawei seedsnp
Share It On:

१९ जेठ, काठमाण्डौं।

ह्वावे द्वारा आयोजित, ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको दर्ता आज बाट खुलेको छ। स्नातक तहका विद्यार्थीहरू www.seedsnep.com वेबसाइट मार्फत आफ्नो नाम जून ९ सम्म दर्ता गर्न सक्नुहुन्छ। हयात प्लेसमा आयोजित ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ को  उद्घाटन कार्यक्रममा registration open gareko यो घोषणा भएको थियो।

‘सिड्स फर द फ्युचर’ नेपालमा लगातार आयोजना गरेको यो ह्वावेको चौथो वर्ष हो। यस बृहत् कार्यक्रममार्फत ह्वावेले नेपालमा आईसीटी (information and communication technology) पारितन्त्र प्रवर्द्धन डिजिटलाइजेशन, नवप्रवर्तन, उद्यमशीलता, र दिगोपनको सेशनद्वारा गरेको छ।

कार्यक्रमको उदघाटन ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO), ह्वांगजुनको स्वागत मन्तव्यबाट सुरु भएको थियो जहाँ ह्वावे नेपालका CTO, एन्ड्रयु पेङ्गले मुख्य मन्तव्य प्रस्तुत गरे। नेपालका लागि चीनका राजदूत; एच ई चेन सोङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव; विश्वबाबु पुडासैनी, काठमाडौं विश्वविद्यालयका उपकुलपति; भोला थापाको उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो। कार्यक्रममा अन्य सरकारी अधिकारीहरु, विभिन्न विश्वविद्यालयका डीन तथा प्राध्यापकहरु तथा विभिन्न संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो।

नेपालका लागि जनवादी गणतन्त्र चीनका असाधारण र पूर्ण शक्तिका राजदूत महामहिम चेन सोङ्गले भने, “ह्वावे नेपालमा २५ वर्षदेखि राम्रोसँग कनेक्टेड विश्व निर्माण गर्न समर्पित छ । ‘सीड्स फर द फ्युचर कार्यक्रम’ नेपालमा युवा प्रतिभाको पालनपोषण र नवप्रवर्तनको लागि एउटा ज्वलन्त उदाहरण हो । यो नवप्रवर्तन पहलले ज्ञान विस्तार र क्षमता निर्माणलाई प्रतिबिम्बित गर्दछ, जुन कुनै पनि समाजको उन्नतिको लागि महत्त्वपूर्ण छ ।”

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले भने- “ह्वावेको उपस्थिति व्यापारिक प्रयासहरू मार्फत मात्र नभएर क्याम्पस भर्ना, ज्ञान हस्तान्तरण र विश्वविद्यालयको सहकार्यका साथै सीड्स फर द फ्युचर जस्ता स्थानीय प्रतिभा कार्यक्रमहरूको निरन्तर पहलद्वारा पनि आईसीटी क्षेत्रमा साँच्चिकै रूपान्तरणकारी भएको छ ।”

ह्वावे का प्रमुख कार्यकारी अधिकृत, ह्वांगजुनले साझा गरे, “यो कार्यक्रमद्वारा ह्वावेले उज्ज्वल दिमागको विकासको प्रतिबद्धता गरि, प्राविधिक नवाचार र अन्तर-संस्कृतिक आदानप्रदानलाई बढावा दिन्छ। यस कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभवले हाम्रा युवा प्रतिभाहरूलाई डिजिटलमा नेतृत्व लिन सशक्त बनाउनेछ। उनीहरु आज बिउ हुन् जो भविष्यका आविष्कारकहरू, उद्यमीहरू, र राष्ट्रका प्राविधिक नेताहरू बन्नेछन।” उनले यस कार्यक्रममा सक्रिय सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

कार्यालय प्रमुख तथा युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रफ्टले भने, “युनेस्को र  ह्वावेसँग विज्ञान प्रविधि र शिक्षालाई अगाडि बढाउन विश्वव्यापी रूपमा काम गर्ने विश्वव्यापी साझेदारी छ,  किनभने हामी यी क्षेत्रहरूमा समान मूल्य र मान्यताका आधारमा काम गरिरहेका छौं । यो विज्ञान र दिगो विकासको लागि अन्तर्राष्ट्रिय दशकको पहिलो वर्ष हो भन्ने तथ्यलाई ध्यानमा राखेर हामीले यो सहकार्य गरेका हौं । अन्तर्राष्ट्रिय दशकले हामीलाई जे गर्न आह्वान गरिरहेको छ, त्यसलाई वास्तविक रूपमा अगाडि बढाउने यो अर्को शुभ माध्यम हो ।”

काठमाडौं विश्वविद्यालयका उपकुलपति, प्रा डा भोला थापाले भने, “द्रुत प्राविधिक विकासले परिभाषित गरेको युगमा स्थानीय प्रतिभाहरूको सशक्तिकरणको महत्त्वलाई बेवास्ता गर्न सकिँदैन। ह्वावेको सीड्स फर द फ्युचर कार्यक्रम हाम्रा विद्यार्थीहरूलाई डिजिटल नेपालको वास्तुकार बन्न सशक्त बनाउने, उनीहरुको क्षमतालाई खोल्न सहयोगी र मार्गदर्शनको रूपमा प्रमाणित बनेको छ ।”

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डीन, प्रा डा शशिधर राम जोशीले भने,“सीड्स फर द फ्युचर नेपाल २०२४ जस्ता कार्यक्रम हाम्रा विद्यार्थीहरुका लागि धेरै प्रभावशाली रहेकाछन्। मैले हाम्रा विद्यार्थीहरुले अमूल्य आईसीटी सीपहरू, जसले उनीहरुलाई यस डिजिटल युगको लागि तयार गरिराखेको छ। यो कार्यक्रमले हाम्रा युवाहरूलाई नवप्रवर्तन गर्नका लागि तयार गर्छ, उद्यमशीलतालाई बढावा दिई नेपालको विकास  प्राविधिक क्षेत्रलाई विश्वव्यापी गराउछ।

यस वर्ष ह्वावेले सरकार, शिक्षाविद् र उद्योग विज्ञहरू सम्मिलित विविध निर्णायक समिति गठन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि यहाँ सह-आयोजक र युनेस्को रणनीतिक रूपमा रहेको थिए।

यो प्रतियोगिताको दुई महिनामा अन्तर्वार्ता, कार्य, र प्रस्तुतीकरणका धेरै चरणहरू हुनेछन्।

‘सिड्स फर द फ्युचर नेपाल’ को विजेता चीन गइ, त्यहाँ तालिम र छेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाउनेछन। भ्रमणका क्रममा उनीहरुले उद्योग विशेषज्ञहरु द्वारा प्राविधिक नवाचार बारे अत्याधुनिक सेमिनारमा भाग लिनेछन्।

विश्वव्यापी ब्रान्ड भए पनि ह्वावेले २५ वर्षभन्दा लामो समयदेखि नेपालको सेवा एक पूर्ण जडित, बौद्धिक नेपालको निर्माण जहाँ युवा प्रतिभाहरू विकास गर्ने उद्देश्य “सीड्स फर द फ्युचर नेपाल २०२४” जस्ता कार्यक्रमले पुरा गरि रहेको छ। ह्वावेले प्राविधिक क्षेत्रमा नेपाली प्रतिभाको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यस कार्यक्रम मार्फत, ह्वावेले नेपालमा निरन्तर रूपमा विश्वव्यापी आईसीटी ज्ञानको विस्तार गर्दै आएको छ।

‘सीड्स फर द फ्युचर’ ह्वावेको सबैभन्दा लामो समयदेखि चलिरहेको विश्वव्यापी नेतृत्व हो जहाँ डिजिटल प्रविधिको क्षेत्रमा युवा र प्रतिभाशाली व्यक्तिहरूको लागि विशेष आईसीटी प्रशिक्षण, विश्वव्यापी प्रतियोगिता र पुर्व सहभागी प्रशिक्षण गरि आएको छ। २००८ मा स्थापित, ‘सीड्स फर द फ्युचर’ कार्यक्रमले 139 राष्ट्रमा रहेका 15,000 भन्दा बढी विद्यार्थीहरूलाई सकारात्मक प्रभाव पारेको छ। यसबाहेक, यसले 500 भन्दा बढी विश्वविद्यालय र कलेजहरूसँग यसको साझेदारी रहेको र 450 भन्दा बढी वरिष्ठ अधिकारीहरू र राज्यका प्रमुखहरूबाट समर्थन प्राप्त गरेको छ।

ह्वावे नेपालको बारेमा:

ह्वावे नेपाल, सूचना तथा सञ्चार प्रविधि (आईसीटी) समाधानको अग्रणी प्रदायक कम्पनी हो जो २५ वर्षसम्म जोडिएको संसार निर्माण गर्न समर्पित छ नेपालमा, नेपालकै लागि। सन् १९९९ मा स्थापना भएदेखि नै ह्वावे नेपाल डिजिटल युगमा व्यक्तिहरू, व्यवसायहरू र समुदायहरूलाई सशक्त बनाउन नवाचार, सहयोग, र स्थिरतामा केन्द्रित छ। ७०% भन्दा बढी जनसङ्ख्यालाई सेवा दिने र ८० लाखभन्दा बढी दैनिक इन्टरनेट प्रयोगकर्ताहरूलाई सक्षम बनाउँदै, ह्वावे नेपालले स्थानीय भर्ती, रोजगारी सिर्जना, र सामुदायिक पहलहरूमा  महत्त्वपूर्ण योगदान दिएको छ। सन् २०२२ मा सर्वश्रेष्ठ कर अवार्ड प्राप्त , हुवावे नेपालले विपद् राहत, डिजिटल समावेशीकरण र सीड्स जस्ता शैक्षिक कार्यक्रमहरूमा नेतृत्व गरिरहेको छ। प्रत्येक व्यक्ति, घर र संस्थालाई डिजिटल बनाई, पूर्ण रुपमा जडित, बौद्धिक संसारको विकार गर्नु नै ह्वावेको नियोग हो।

सीड्स फर द फ्युचर नेपाल २०२४ बारेमा:

सीड्स फर द फ्युचर नेपाल ह्वावेको सी एस अर कार्यक्रम अन्तर्गत, २०२१ मा कार्यान्वयन विश्वव्यापी प्रतिभालाई प्रेरणा दिन भएको थियो।  यस कार्यक्रमले सहभागीहरूलाई अध्यन र संस्कृतिक लेनदेन मिलाई,  विगतमा छत्रहरुलाई थाईल्याण्ड, सिंगापुर र चिन छेत्रीय प्रतियोगितामा लागेको थियो। २००७ मा यसको थालनी भएपछि विश्वव्यापी रुपमा, सीड्स फर द फ्युचरले १४१ देशहरुबाट १८,००० विद्यार्थीहरुलाई सकारात्मक प्रभाव पारेको छ। नेपालभरक उत्कृष्ट छत्र विभिन्न कार्य जस्तै कलेज भ्रमण, कारखाना, र बूटक्याम्पमा सहभागी भई, अन्तिम चरणमा अन्तर्वार्तामा बस्छन। छेत्रीय कार्यक्रममा केहि छनोट भएका विद्यार्थी चिन भ्रमणमा जान्छन जहाँ उनीहरु विभिन्न विषय जस्तै डिजिटल पावर, क्लाउड, 5G, र एआईमा अध्यन गर्छन। छेत्रीय कार्यक्रममै, टेक4 गुड प्रतियोगिता हुन्छ जहाँ विजेताहरु विश्व फाइनलकोक लागि चिन २०२५ को लागि अगाडि बढछन्।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *