अब स्मार्ट एपमा आबद्ध सहकारीहरूबाट सजिलै ‘नमस्ते पे’मा पैसा लोड गर्न सकिने

seamless wallet namaste pay
Share It On:

२६ असार,  काठमाडौं ।

स्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरूले अब प्लेटफर्मसँग जोडिएका २०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत आफ्नोे आवश्यकता अनुसार नमस्ते पे वालेट सजिलै लोड गर्न र भुक्तानी गर्न सक्नेछन् ।

Seamless Wallet Loading Namaste Pay

यस नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई घरमै बसेर नमस्ते पे वालेट लोड गर्ने सुबिधा प्रदान गर्दछ, जसले सहकारी संस्थाहरूमा भौतिक रूपमा उपस्थित हुनुपर्ने आवश्यकतालाई घटाउन मद्दत गर्दछ । वालेट लोड गर्ने प्रक्रिया प्रयोगकर्ता– मैत्री छ, जसले गर्दा न्यूनतम प्राविधिक ज्ञान भएका व्यक्तिहरूले पनि सजिलै यस सेवाको लाभ उठाउन सक्नेछन् ।

नमस्ते पे र स्मार्ट बीचको यो सहकार्यले नेपालमा वित्तीय सेवाहरूको डिजिटलाइजेशनमा महत्वपूर्ण योगदान पुर्याउनेछ, जसले गर्दा वित्तीय सेवाहरूको पहुँच बढाउन, वित्तीय समावेशीकरणलाई प्रोत्साहित गर्न र डिजिटल साक्षरतालाई बढावा दिन सहयोग पुर्याउनेछ ।

नमस्ते पे सधैं नयाँ सेवाहरू जस्तैः युएसएसडी (अफलाइन) मोड, स्प्लिट बिल, र रिक्वेस्ट मनी जस्ता सुविधाहरू प्रस्तुत गर्न अग्रणी रहेको छ । यी अपडेटहरू नमस्ते पे को डिजिटल भुक्तानी समाधानलाई सबैका लागि पहुँचयोग्य बनाउन, डिजिटल विभाजनलाई कम गर्न र नेपालमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न गरिएको निरन्तर प्रयासको एक हिस्सा हो ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

जस अनुरुप एसट्रीक ५०० ह्यास डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले युसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन् ।

थप जानकारीका लागी: Namaste Pay


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *