१९ मंसिर, काठमाडौँ।
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र काठमाडौंको मुटुमा रहेको सिभिल मल बीचको सहकार्यले एससिटी-युपिआइ कार्डधारकहरूलाई विशेष सुविधा उपलब्ध गराएको छ।
SCT-UPI Cardholders Get Free
सेवाको मुख्य विशेषताहरू
- निःशुल्क पार्किङ सुविधा:
कार्डधारकहरूले सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा आफ्नो कार्ड देखाएर चार घण्टासम्म निःशुल्क पार्किङ गर्न सक्नेछन्। - समयावधि:
यो सेवा डिसेम्बर १, २०२४ (मङ्सिर १६, २०८१) देखि सुरु भई ६ महिनाका लागि लागू हुनेछ। - कार्ड आवेदन प्रक्रिया:
इच्छुक ग्राहकहरूले एससीटीको सदस्य बैंक वा वित्तीय संस्थामा गएर डेबिट कार्डको लागि सजिलै आवेदन दिन सक्नेछन्।
ग्राहकका लागि थप लाभहरू
यस सुविधा मात्र नभई, एससिटी-युपिआइ कार्डधारकहरूले आगामी दिनमा विभिन्न विशेष छुटहरू, प्रमोशनल अफरहरू, र थप सेवाहरू प्राप्त गर्न सक्नेछन्।
एससिटी लिमिटेडका बारेमा
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) नेपाल राष्ट्र बैंकबाट अनुमोदित भुक्तानी प्रणाली सञ्चालक संस्था हो, जसले डिजिटल भुक्तानीको प्रवर्द्धन गर्दै ग्राहकहरूको दैनन्दिन आर्थिक क्रियाकलापलाई सरल र सहज बनाउँदै आइरहेको छ।
For more: SCT-UPI Cardholders Get Free