सानिमा लाईफ इन्स्याेरेन्सका बीमितले घरमै बसेर आफ्नो विवरण हेर्न सक्ने

anima Life Insurance regarding a new service started for it’s policy holders through their mobile app

काठमाडौं, जेठ २१, २०७६

ग्राहक वर्गहरुलाई नविनतम प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा दिन सदैव अग्रणी सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा आफ्ना बीमितहरुले घर बसेर सानिमा लाईफको मोबाइल एप मार्फत आफ्नो विवरण आफै हेर्न सकिने सुविधा (User Portal) को शुभारम्भ गरेको छ।

सानिमा लाइफको एप सजिलै गुगल प्ले स्टोर बाट डाउनलोड गर्न सकिन्छ । त्यहाँबाट सर्चमा गएर आफ्नो पोलिसी नम्बर र प्रस्तावकको जन्म मिति राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिनेछ। यस एप मार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिन्छ। साथै सानिमा लाईफको यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी, Sanima Advisors Portal र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध छ।

बीमा योजना खरिद गरिसकेपछि आफ्न विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्तावा कम्पनीसँग सोधि राख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भ सँगै समाप्त भएको छ। यसका साथै कम्पनीले घरमै बसेर e-Sewa, Khalti, Connect IPS, Cell-Pay, लगायतका डिजिटल बैङ्किङ्ग सुविधा मार्फत बीमा शुल्क तिर्न सकिने गरी आफ्नो एपमा नयाँ सुविधा थप गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here