सानिमाको दीर्घायु बचत तथा तलब खाता
काठमाडौं, कात्तिक १९
सानिमा बैंकले बचत कर्ताहरुका लागि स्वास्थ्य परिक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता ल्याएको छ । यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुवाट ग्राहकले रु. ५ हजारको बार्षिक स्वास्थ्य परिक्षण सुविधा लिन सकिने छ ।
साथै, नेपाल र भारतमा हुने उपचारमा रु. १ लाख सम्मको औषधि उपचार बीमा सुविधा लिन सकिने छ । त्यसै गरी, यदी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ रु. २० लाख बीमा रकम दावी गर्न सकिने छ।
यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको रु. ३ लाख रुपैया बीमा तथा रु २५०००/–को मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने छ ।
बैंकले आफ्ना ग्राहकहरुका लागि उपयुक्त हुने बिभिन्न योजनाहरु समयानुकुल रुपमा प्रदान गर्दै आइरहेको छ । बीमा सम्बन्धी थप जनकारीको लागि नजिकैको शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नुहुनेछ वा बैंकको वेबसाईट www.sanimabank.com मा लग ईन गर्न सक्नुहुनेछ । सानिमा बंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम रहेको छ ।