सानिमा बैंकले सी.जी. मोबाइल्ससँग सम्झौता गर्‍यो

Sanima Bank Partner C.G Mobile
Share It On:

१७ भदौ, काठमाडौं ।

सानिमा बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्न ग्राहकहरूलाई आकर्षक छुट उपलब्ध गराउने उद्देश्यले सी.जी. मोबाइल्स प्रा.लि.सँग सम्झौता गरेको छ।

Sanima Bank Partner C.G Mobiles

यस सम्झौताअनुसार, ग्राहकहरूले मोबाइल फोन खरिदमा ७.४% सम्मको छुट र Nothing र CMF ब्राण्डका इयरबड्स र अन्य एक्सेसरीहरूमा ९% सम्मको छुट प्राप्त गर्न सक्नेछन्, जुन सानिमा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा उपलब्ध हुनेछ।

थप रूपमा, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ०% मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सकिनेछ।

त्यस्तै, बैंकले डिजिटल प्लेटफर्महरू मार्फत भुक्तानी गर्न ग्राहकहरूलाई प्रोत्साहन दिन विभिन्न छुट र अफरहरू उपलब्ध गराइरहेको छ। अफरहरूको विस्तृत जानकारी सानिमा बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ: https://www.sanimabank.com/digital-banking/offers।

सानिमा बैंकले सबै ७ प्रदेशमा १३३ कार्यालय र १२४ एटीएम नेटवर्कमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ।

For more: Sanima Bank Partner C.G Mobiles


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *