सानिमा बैंकले सुरु गर्यो नेपाल–भारत रियल टाइम P2P भुक्तानी सेवा
१९ असार, काठमाडौं।
सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा नेपाल-भारत रियल टाइम Person to Person (P2P) भुक्तानी सेवा सुरु गरेको छ, जसले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सुविधा प्रदान गर्दछ।
यस सेवामार्फत नेपाल तथा भारतका प्रयोगकर्ताले Virtual Payment Address (VPA) तथा UPI ID प्रयोग गरेर रकमान्तर गर्न सक्छन्।
नेपाली प्रयोगकर्ताले VPA मार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताले UPI ID प्रयोग गरी भारत-नेपालमा रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन्।
यस प्रक्रिया मार्फत रकमान्तर गर्दा बैंक खाताको विवरण प्रयोग गर्न नपर्ने भएकोले सीमा पार कारोबार प्रक्रिया अझ सरल, सुरक्षित र सहज हुनेछ।
यो सुविधा विद्यार्थी, भारत-नेपाल आवागमन गर्ने यात्रीहरू तथा विभिन्न पेसामा संलग्न व्यक्ति तथा उनीहरूमा निर्भर परिवारहरूका लागि आधुनिक र प्रभावकारी विकल्पका रूपमा उपयोगी हुनेछ।
सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।
For More: Sanima Bank P2P Payment


