सानिमा बैंकको KYC विद्युतीय माध्यमबाट अद्यावधिक गर्ने सुविधा संचालनमा

Sanima Bank
Share It On:

२३, चैत २०७७, काठमाडौं ।

सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (KYC)अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ ।

सानिमा बैंकको ग्राहक महानुभावहरुले बैंकको वेबसाइट www.sanimabank.com मा login गरी “Online KYC Update” मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण KYC अद्यावधिक गर्न सक्नुहुनेछ ।

यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहक महानुभावहरुले आपूmलाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्नेछ । बैंकमा उपस्थित नभई आपूm अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरै भन्दा धेरै ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *