सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’

Sanima Bank Green PIN
Share It On:

२७ जेठ २०७९, काठमाडौं ।

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ ।

ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्.एम्.एस्.द्वारा पाएको कोडबाट आफ्नो डेबिट÷क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् ।

उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम् मा गएर पिन परिवर्तन गर्नु पर्ने छ ।

ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ बाट कार्यालय तथा ११७ वटा ए. टि. एम् संचालनमा रहेका छन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts