सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

Sanima Bank Dashain Deals
Share It On:

११ असोज, काठमाडौं ।

सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ ।

Sanima Bank Dashain Deals 2081

ग्राहकहरुले डेबिट कार्डबाट झुक्तानी गर्दा १०% वा अधिकतम् रु १,५००/– सम्मको छुट तथा त्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,०००/– सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (EMI)  सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ । यो योजना २०८१ आश्विन ११ देखि २१ गतेसम्म ११ दिनका लागि लागू हुनेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट fO6 https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।

For more: Sanima Bank Dashain Deals 2081


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *